चीनको विदेश मन्त्रालयले बेइजिङ स्थित अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ।
चिनियाँ उप-विदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति “खराब” भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन्। उनले चीन चुप नबस्ने बताए। उसले मङ्गलवार उक्त भ्रमणका लागि अमेरिकाले “मूल्य चुकाउनुपर्ने” चेतावनी पनि दिएको छ।
मङ्गलवार अबेर ताइवान पुगेकी पलोसी बुधवार त्यहाँको संसद्मा पुगेकी छिन्। उनले ताइवानका राष्ट्रपतिसँग पनि भेट गर्ने ठानिएको छ।
अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख पलोसी मङ्गलवार ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको छ।
पलोसीको भ्रमणलाई ह्वाइट हाउसले समर्थन गरेको छैन। तर उनको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो।
ताइवान भ्रमण नगर्न चीनले दिएको चेतावनीलाइ बेवास्ता गर्दै अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी २४ वटा फाइटर विमानको सुरक्षासहित ताइवानको राजधानी ताइपेई पुगेकी थिइन् ।
अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित ताइपेइ पुगेको पेलोसीले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताएकी छन् ।
उनले ट्वीट गर्दै ताइवानको नेतृत्वसँग साझा हितका साथै हिन्त प्रशान्त क्षेत्रलाई स्वतन्त्र र खुला क्षेत्रका रुपमा अगाडि बढाउन विषयमा हुने बताएकी छन् । सभामुख पेलोसीले लेखेकी छन्, विश्वले निरंकुशता र लोकतन्त्रमध्ये एक विकल्प रोज्नुपर्ने बेलामा ताइवानी जनताका लागि अमेरिकी समर्थन अरुबेला भन्दा महत्वपूर्ण छ ।’