काठमाडौंको बौद्ध स्तूपा परिसरमा दृष्टिबिहिनहरुको हातको छडी खोसेर घोर अपमान

काठमाडौंको बौद्ध स्तूपा परिसरमा दृष्टिबिहिनहरुको हातको छडी खोसेर घोर अपमान


  • जन संचार
  • शुक्रबार, १३ साउन २०७९
  • 4K
    Shares

यति बेला सामाजिक संजाल फेसबुक र टिकटकमा एउटा भिडियो भाइरल बनिरहेको छ, जहाँ नेपाल प्रहरी तथा केही सुरक्षागार्डहरुले दृष्टिबिहीनहरुको छडी खोसेका छन्। त्यस भिडियोमा “अन्धाले नि माग्न नपाए के गर्नु ?” भनेर प्रश्न गरिएको छ।

उक्त भिडियो काठमाडौंको बौद्ध स्तूपा परिसर छिर्न खोजेका दृष्टिविहीनहरूमाथि भएको दुर्व्यवहारको हो। बिहीबार बिहान बौद्ध स्तूपा छिर्न खोजेका दृष्टिविहीनहरुको एक समूहलाई त्यहाँका सुरक्षा गार्डले मुख्य प्रवेशद्वारमा रोकेर दुर्व्यवहार गरेका हुन् । त्यहाँ खटिएका सुरक्षा गार्डले उनीहरुले प्रयोग गर्ने सेतो छडी खोसेर भाचिँदिएका छन् । आक्रोशित ती सुरक्षागार्डले एक दृष्टिविहीनलाई हातपात गर्दै धकेलेका थिए ।

दृष्टिविहीनहरूमाथि दुर्व्यवहार हुँदा प्रहरी पनि त्यही थिए । तर, ती सुरक्षाकर्मी मुकदर्शक बनेर उल्टै उनीहरुलाई धकेल्न पुगेपछि तीव्र आलोचना भइरहेको छ ।

पर्यटकीय क्षेत्रमा माग्न नपाइने भएकाले त्यहाँ माग्नेहरु भित्र बसेर माग्न खोजेपछि बौद्ध स्तूपाभित्र गार्डले बाटो छेकेको बताइएको छ।

प्रतिक्रिया