एक त उनी बोर्डिङ स्कूलका संचालक, त्यसमा पनि उनी धार्मिक प्रवृत्तिका मानिस, पुजा-आजा उत्तिकै गर्नुपर्ने, घरकै मान्छेले पानी छोइदिए भने पनि पानी नखाइदिने। कास्कीको माछापूच्छ्रे गाउपालिकाको वडा नं.४ लाहाचोक स्थित ज्ञान ज्योती ईङ्लिस बोर्डिङ स्कूलका संचालक वर्ष ४८ को रामचन्द्र शाहीप्रति धेरैको बिस्वास थियो।
बिहीबार दिउसो अचानक ८-१० जना विद्यार्थी जम्मा भएर उनै सन्चालक रामचन्द्र शाहीबिरुद्ध नाराबाजी गर्न थाले। त्यति मात्र हैन उनीहरुलाई अरु सबै बिद्यार्थीहरुले साथ् दिएर सन्चालक शाहीबिरुद्ध नाराबाजी गर्दै गाउँ परिक्रमा पनि गरे। बिद्यालयका संस्थापक भगवान शाहीले त बिद्यार्थीहरुको आन्दोलनलाई साथ् दिदै संचालक समेत रहेको आफ्नै भाइ रामचन्द्र शाहीका बिरुद्ध नारा लगाउदै गाउँ परिक्रमा गर्न आफ्नो बोलेरो जिप प्रयोग गर्न दिए।
बिद्यार्थीहरुको बिरोध प्रदर्शन प्रति कतिपय अभिभावकहरु विश्वास गरिरहेका थिएनन। पिडित बिद्यार्थीहरुले विद्यालयका संस्थापक भगवान शाहीकै अगाडी आफ्ना पिडा सुनाउदै दोषीलाई कारबाही गरेर आफुहरुलाई न्याय दिनुपर्ने माग तेर्स्याए। गाउँ परिक्रमा पछि बिद्यालय प्राङ्गणमा जम्मा भएका बिद्यार्थीहरु मध्ये १०-१२ जना पिडित बिद्यार्थीहरुले अगाडी आएर हिम्मतका साथ् आफूमाथि भएको अत्याचार सार्वजनिक गरिदिए।
उनीहरुले आफुहरुलाई संचालक रामचन्द्र शाहीले बिद्यालयको समय सकिए पछि अफिसमा नै राखेर सबै गैसकेपछि सबैको लुगा खोलेर निर्बस्त्र बनाई आफ्नो लिङ्ग उत्तेजित हुने गरी खेलाउन लगाएको लाजै नमानी पिडाबोधका साथ् सुनाए। ती मध्येका कक्षा ९ मा अध्ययनरत एक छात्रले त नातामा आफ्नो हजुरबुबा नाता पर्ने संचालक रामचन्द्र शाहीले आफुहरुको लुगा खोल्न लगाएर आफ्नो लिङ्ग खेलाउन लगाएको कुरा मात्र सुनाएनन्, आफुलाई पटक पटक गरेर तीन पटकसम्म संचालक शाहीले आफ्नो लिङ्ग गुदद्वारमा छिराएर यातना दिएको पिडा सुनाए। बिगत चार वर्षदेखि आफुलाई यौन दुर्ब्यबहार भैरहेको बताउने उनले दोषी संचालक रामचन्द्र शाहीलाई कानूनी कारबाही गरिनु पर्ने माग राखे। त्यस्पछि त १०-१२ जना अरु विद्यार्थीले पनि आफुहरुलाई भएको यौन पीडाको घटना सुनाए। संचालक शाहीले आफुलाई छुवाछुतको ब्यबहार गरेको र इट्टा-ब्लक बोकाएको भनेर गुनासो गर्ने बिद्यार्थीहरुको संख्या त दर्जनौं थियो।
बिद्यार्थीहरुको पिडा सुनेपछि संस्थापक भगवान शाहीले संचालक समेत रहेका आफ्ना भाई रामचन्द्र शाहीलाई बर्खास्त गरिएको घोषणा गरे। तैपनि बिद्यार्थीहरुको आक्रोश नरोकिए पछि शुक्रबार बिद्यालय नै बन्द गरियो।
बन्द बिद्यालयको प्रांगणमा भेटिएका संस्थापक भगवान शाहीले बिद्यार्थीहरुको पिडा सुनेपछि आफुले आफ्नै भाइ भए पनि संचालक रामचन्द्र शाहीलाई बर्खास्त गरिएको जानकारी दिए हाल आफ्नो जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका भाई रामचन्द्र शाहीलाई कानूनी कारबाही हुनुपर्ने बताए।
संस्थापक भगवान शाहीका अनुसार, भाई रामचन्द्रले पांच वर्षसम्म नेपाल प्रहरीमा जागीर गरेर छाडेका थिए भने दुई वटा श्रीमती पनि बिबाह गरेका थिए। तर दुवै श्रीमतीले उनलाई छाडेर गए। अलिक बयस्क उमेर भए देखि भाइ रामचन्द्रले पुरुष साथीसंग बस्दा अस्वाभिक तरीकाले पुरुष यौनाङ्ग छुन खोज्ने गरेको दाजु भगवान शाही सम्झंछन।
बिदेशी महिलासंग बिबाह गरेर एक छोरा र छोरी रहेका संस्थापक भगवान शाहीले समाजसेवा पनि होस् र गाउँमा शिक्षाको ज्योति पनि छारियोस भनेर आफ्नै जन्मथलो लाहाचोकमा ज्ञान ज्योती ईङ्लिस बोर्डिङ स्कूल किनेका थिए र संचालनका लागि भाई रामचन्द्र शाहीलाई संचालनको जिम्मा दिएका थिए।
करीब तीन वर्ष अघि उनी नेपाल आएका थिए। लामो समय विदेशको अनुभव गरेका उनले गाउँघरमा सानोतिनो समाजसेवा शुरु गरे। स्कुल त भाइले नै चलाईरहेका थिए। बिहिबार अचानक बिद्यार्थीहरुले भाई रामचन्द्रका बिरुद्ध प्रदर्शन नै गरे पछि उनी झस्किएका छन्।
बिदेशमा यस्ता बाल यौन दुराचारीहरुलाई कानूनी कारबाही हुने गरेको देखेका ज्ञान ज्योती ईङ्लिस बोर्डिङ स्कूलका संस्थापक भगवान शाही निश्पक्ष छंबिब गरेर भाइ दोषी देखिए कडा कानूनी कारबाही हुनुपर्ने भनाई राख्छन।
आफ्नो भाई रामचन्द्र शाहीलाई प्रहरीले समातेर लगेपछि पिडित बिद्यार्थीहरुलाई आफ्नो गाडीमा राखेर बयानका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्याई दिएका छन्। प्रहरीले भने आफ्नो नियन्त्रणमा रहेका अभियुक्त रामचन्द्र शाहीका बिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मार्फत कास्की जिल्ला अदालतमा बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिका सम्बन्धी कसुर सम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धानका लागि पांच दिनको म्याद लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
समरण रहोस, नेपाल भ्रमण गर्न आउने बिदेशी नागरिकहरुले नेपालमा अनाथ-असहाय केन्द्र खोलेर त्यहाँ राखिएका बालबालिकालाई यौन दुराचार गर्ने, अप्राकृतिक यौन क्रियाकलाप गर्न लगाउने गरेका घटनाहरु बेला बेलामा सार्वजनिक हुने गरेका छन्। तर नेपाली नागरिकले बिद्यालय संचालन गरेर त्यहाँ पढ्ने बालबालिकालाई यौन दुराचार गर्ने, अप्राकृतिक यौन क्रियाकलाप गर्न लगाउने गरेका घटना भने नेपालकी इतिहासमा पहिलो पटक हुन सक्छ।