असारदेखि हप्ताको छ दिन शेयर कारोबार खुल्ला

असारदेखि हप्ताको छ दिन शेयर कारोबार खुल्ला


  • जन संचार
  • सोमबार, ३० जेष्ठ २०७९
  • 3.3K
    Shares

शेयर कारोबार अब शुक्रबार पनि हुने भएको छ ।

आइतबार दिँदै आइएको सार्वजनिक बिदा सरकारले हटाएकाले असार १ गतेदेखि हप्तामा ६ दिन शेयर कारोबार हुने नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । उनका अनुसार अब शुक्रबार दिउँसो १ बजेसम्म शेयर कारोबार हुनेछ ।

यसअघि सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिन थालेपछि आइतबारको सट्टा शुक्रबार शेयर कारोबार सुरु भएको थियो ।

सूचना अधिकारी पराजुलीले अब आइतबारदेखि बिहीबारसम्म पाँच दिन ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार १ बजेसम्म शेयर कारोबार हुने बताए ।

सरकारले असार १ गतेदेखि लागू हुने गरी आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरेको छ ।

प्रतिक्रिया