पोखरा घर भएकी अनमी कुमाल तनहुँस्थित कार्यक्षेत्रमै कुटिइन् : एक जना पक्राउ

पोखरा घर भएकी अनमी कुमाल तनहुँस्थित कार्यक्षेत्रमै कुटिइन् : एक जना पक्राउ


  • जन संचार
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 22.1K
    Shares

पोखरा महानगरपालिका–२७ घर भएकी अनमी २४ वर्षीया प्रजापति कुमाल उनी कार्यरत तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित गजुरे स्वास्थ्यचौकीमा नै कुटिएकी छिन्।

उनलाई व्यास–९ बस्ने अश्विना थापा गोदारले स्वास्थ्यचाैकीकाे निवास बाहिर बोलाएर कुटपिट गरेकी हुन्। गोदारले आफुलाई कुटपिटसँगै ज्यान मार्ने उद्देश्यले घाँटी समेत थिचेको घाइते अनमी कुमालले दाबी गरेकी छिन। कुटपिटबाट उनकाे अनुहार, टाउको र घाँटीमा चोट लागेको छ । उनकाे दमौली अस्पतालमा उपचार भइरहेको छ ।

घटना भएको थाहा पाउनेबित्तिकै कुमाललाई एम्बुलेन्समा राखेर दमौली ल्याइएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए।

यसैबीच जिल्ला प्रहरी कार्यालय तनहुँले अनमी कुमाललाई कुटपिट गरेको आरोपमा व्यास–९ की अश्विना थापा गोदारलाई बुधबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक युवराज खड्काले अनमीमाथि कुटपिट गरेकाे अभियाेगमा निजलाई पक्राउ गरिएको जानकारी दिए।

प्रतिक्रिया