भारतीय सैनिक बोकेको एक बस भारतको लद्दाखमा दुर्घटना हुँदा सात जना सैनिकको मृत्यु भएको छ।
तुर्तुक क्षेत्रमा बस दुर्घटना हुँदा सात जना सैनिकको मृत्यु भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।
शुक्रबार २६ जवान बोकेको बस सडकबाट चिप्लिएर श्योक नदीमा खसेको थियो। दुर्घटनामा परी अन्य सैनिकहरू समेत गम्भीर घाइते भएको जनाइएको छ। घाइतेहरूको उपचारका लागि पहल भइरहेको सेना स्रोतले बताएको टाइम्समा उल्लेख छ।