काठमाडौं, १७ माघ ।
ट्रम्पले कार्यकाभार सम्हालेको १० दिन भित्रै यमनमाथि आक्रमण गरि नरसंहारको सुरुवात गरिसकेका छन् । बायदा प्रान्तको याकला जिल्लामा भएको उक्त हवाइ आक्रमणमा ८ जना निर्दोष महिला र ८ अवोध वालवालिका रहेको वताइएको छ ।
अपाचे हेलिकोप्टरद्धारा एउटा मदरासा, मस्जिद र अस्पतालमा आक्रमण गरिएको हो । अलकायदासंग सम्वन्धमा रहेको भनिएका तीनजना अव्दुलर उफ, सुल्तान अल जहाब र सैफ अलवई अल जावी रहेका छन् । उनीहरु तीनै जना दाजुभाई हुन् र उनीहरुका दुई भाई पहिले नै मारिएका थिए ।