इजरायली सेनाले रिपोर्टिङका क्रममा रहेकी अलजजिरा टेलिभिजनकी बरिष्ठ पत्रकार शिरिन अबु अकलेहलाई कब्जामा लिएर गोली हानि हत्या गरिदिएको छ।
इजरायलस्थित वेस्ट बैंकमा रहेको जेनिन शरणार्थी शिविरमा इजरायली सेनाद्वारा गरिएको आक्रमणको समाचार संकलन गरिरहेकी बरिष्ठ पत्रकार अकलेहलाई इजरायली सैनिकले कब्जामा लिएर गोली हानि हत्या गरिदिएको हो ।
अलजजिराका अनुसार ‘प्रेस भेस्ट’ लगाएर रिपोर्टिङ गरिरहेकी ५१ वर्षीया पत्रकार अकलेहलाई इजरायली सैनिकले कब्जामा लिएर गोली हानि हत्या गरेको थियो। उनीसंगै रहेका प्यालेस्टाइनी पत्रकार अली अल समौदी घाइते भएका छन् ।
यस घटनाप्रति आपत्ति जनाउँदै अजजिराले एक विज्ञप्ति जारी गरेको छ । साथै पत्रकार शिरिनको हत्या गरिएको भन्दै अलजजिराले इजरायली सेनालाई जिम्मेवार बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।
इजरायली सेनाले व्यवस्थित रुपमा यस क्षेत्रमा अत्यधिक बल प्रयोग गरेको अजजिराको भनाइ छ । यस बाहेक पनि इजरायली सेनाले पछिल्लो समय यस क्षेत्रमा अरु पनि प्यालेस्टाइनी पत्रकारको पनि हत्या गरेको बताइन्छ । जुन घटनाबारे अनुसन्धान गरिनुपर्ने भन्दै आवाज उठाइएको छ ।
‘ह्युमन राइट्स वाच’का लागि इजरायल र प्यालेस्टाइन निर्देशक ओमार शाकिरले इजरायली सेनाद्वारा अबु अक्लेहको मृत्यु असामान्य नभएको प्रतिक्रिया दिएका छन् ।