विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै डलरको मूल्य पनि बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ६५ पैसा र बिक्रीदर १२४ रूपैयाँ २५ पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो। अमेरिकी केन्द्रीय बैंक (फेड)ले त्यहाँको आधार ब्याजदर ०.५ प्रतिशतले बढाएपछि डलरको माग बढेको छ। फेडले दुई दशक यता सबैभन्दा धेरै दरले यसमा वृद्धि गरेको हो।
नेपाली मुद्रा भारतीय मुद्रासँग पेग गरिएको छ। अमेरिकी डलरसँग भारतीय मुद्रा हालसम्मकै उच्च दरमा अवमूल्यन भएपछि पनि यसको प्रभाव नेपाली मुद्रामा परेको हो। भारतमा सोमबार त्यहाँ एक्सचेन्ज बन्द हुँदा एक डलरको लागि ७७ रुपैयाँ ५० पैसा भारु परिरहेको थियो।
त्यस्तै, मंगलबार युरोपियन युरो एकको खरिददर भने १३० रूपैयाँ २७ पैसा र बिक्रीदर १३० रूपैयाँ ९० पैसा पुगेको छ।
राष्ट्र बैंकले आज अस्ट्रेलियन डलर एकको खरिदमा ८६ रूपैयाँ ५९ पैसा र बिक्रीमा ८७ रूपैयाँ ०१ पैसा तोकेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ९६ रूपैयाँ ०३ पैसा पुगेको छ।
त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिदमा आज ३२ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३३ रूपैयाँ १२ पैसा पाइन्छ भने कतारी रियाल एकको खरिददर ३३ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३४ रूपैयाँ ०१ पैसा पुगेको छ।
युएई दिराम एकको खरिददर मंगलबार ३३ रूपैयाँ ६६ पेसा र बिक्रीदर ३३ रूपैयाँ ८३ पैसा कायम गरिएको छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २१ पैसा र बिक्रीमा २८ रूपैयाँ ३४ पैसा पाइन्छ।
आज राष्ट्र बैंकले तोकेअनुसार कुवेती दिनार एकको खरिददर ४०२ रूपैयाँ ८३ पैसा र बिक्रीदर ४०४ रूपैयाँ ७९ पैसा पुगेको छ। बहराइन दिनार एकको खरिदमा भने ३२७ रूपैयाँ ९८ पैसा र बिक्रीमा ३२९ रुपैयामा ५८ पैसा कायम गरिएको छ।
नेपाल राष्ट्र बैंकल र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।