श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजापाक्षेले दिए राजीनामा

श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजापाक्षेले दिए राजीनामा


  • जन संचार
  • सोमबार, २६ बैशाख २०७९
  • 2.2K
    Shares

srilanka

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन् । चरम आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शन जारी रहँदा राजापाक्षेले सोमबार राजीनामा दिएका हुन् ।

श्रीलंकाली अखबार डेलीमिररले आफ्नो अनलाइन संस्करणमा राजापाक्षेले राजीनामा दिएको उल्लेख गरेको छ । प्रदर्शनलाई मत्थर बनाउन श्रीलंकामा लगाइएको देशव्यापी कर्फ्यु घोषणाका बीच राजापाक्षेको राजीनामा आएको हो ।

राजनीतिक संकट समाधानका लागि राजापाक्षेले आइतबार भाइ समेत रहेका राष्ट्रपति गोटाबाये राजापाक्षेलाई भेटेर आफूले पदबाट राजीनामा दिन लागेको बताएका थिए ।

प्रतिक्रिया