बाइडेन र जेलेन्सकीको श्रीमतीबीच भेटघाट : रुसमाथि थप प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा

बाइडेन र जेलेन्सकीको श्रीमतीबीच भेटघाट : रुसमाथि थप प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा


  • जन संचार
  • सोमबार, २६ बैशाख २०७९
  • 2.1K
    Shares

अमेरिकाले रूसमाथि थप प्रतिबन्धको लगाएकै दिन अमेरिकी राष्ट्रपति जो बाइडनकी पत्नी जील बाइडनले युक्रेनी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमै भेट गरेकी छन्।

युक्रेन र अमेरिकामा मनाइने ‘मदर्स डे’ का दिनमा आफुहरुले पाएको माया र समर्थनको महसुसलाइ महत्वपुर्ण ठानिएको आभार ब्यक्त गर्दै भ्रमणले निकै प्रतिकात्मक सन्देश दिएको जेलेन्स्काबताइन्।

युक्रेनको सीमावर्ती शहर उज्होरेडस्थित एक विद्यालयमा उनीहरूबीच भेट भएको थियो।

दुवै महिलाहरूले केही समय उक्त विद्यालयका बालबालिकासँग केही समय बिताएका थिए।

युक्रेनमाथिको रूसी आक्रमणको विरोधस्वरूप अमेरिकाले रूसमाथि थप प्रतिवन्धको घोषणा गरेको छ।

तीन वटा रूसी टेलिभिज स्टेशनसँगै अमेरिकाले रूस र बेलारूसका २६ सय नागरिकमाथि भिसा प्रतिबन्ध लगाएको छ।

यस्तै रूसी वित्तिय संस्था ग्याजप्रम बैंकका अधिकारीमाथिसमेत अमेरिकाले रोक लगाएको छ।

उता औद्योगिक राष्ट्रहरूको समूह जी-सेभेनका नेताहरूले रूसी तेललाई चरणबद्ध रूपमा प्रतिबन्ध लगाउन कटिबद्ध भएको बताएका छन्।

भेटमा बाइडन पत्नीले संयुक्त राज्य अमेरिकाका जनता युक्रेनको साथमा रहेको दोहोर्‍याइन्।

फेब्रुअरी २४ देखि रूसले निरन्तर युक्रेनमाथि गरिरहेको निरन्तर आक्रमण क्रुर रहेको भन्दै उनले त्यसलाई रोक्नुपर्ने बताइन्।

जेलेन्स्काले युक्रेन युद्धको चपेटामा रहँदाको यो भ्रमणलाई साहसी काम भन्दै अमेरिकाको प्रशंसा गरिन्।

 

प्रतिक्रिया