नवलपुरका सुकुम्बासीले प्रचण्डलाई सोधे,”हाम्रो लालपुर्जा कहिले आउँछ ?”

नवलपुरका सुकुम्बासीले प्रचण्डलाई सोधे,”हाम्रो लालपुर्जा कहिले आउँछ ?”


  • जन संचार
  • शनिबार, ३ बैशाख २०७९
  • 3.2K
    Shares

प्रचण्डलाई सुकुम्बासीको प्रश्न

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नवलपुर जिल्लाका भूमिहीन-सुकुम्बासीहरुले आफुहरुलाई जग्गाधनी प्रमाणपुर्जा कहिले प्राप्त हुन्छ भनेर सोधेका छन्।

नवलपुरमा माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई आज ज्ञापन पत्र बुझाउँदै उनीहरूले आफुहरुलाई जग्गाधनी प्रमाणपुर्जा कहिले प्राप्त हुन्छ भनेर सोधेका हुन्। चितवनमा लालपुर्जा दिएको प्रसंगै उप्काउँदै उनीहरूले भनेका छन्, ‘चितवनमा लालपुर्जा वितरण भयो हामीकहाँ कहिले हुन्छ ?’

उनीहरूको प्रश्नलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भूमि आयोग गठनका लागि समय लागेकाले ढिलाइ भएको जवाफ दिएका थिए । स्थानीय चुनावलगत्तै यस कामलाई तीव्रता दिइने उनको आश्वासन थियो ।

माओवादी केन्द्र बलियो भएमा सबै भूमिहीनले लालपूर्जा छिट्टै पाउने बताउदै उनले भने, ‘चितवनमा पनि सबैले पाएको भन्ने होइन । मेरै गाउँ शिवनगरका भूमिहीनले पाउन बाँकी छ । माओवादी बलियो भए लालपुर्जा बन्छ ढुक्क हुनुहोस् ।’

देशका विभिन्न जिल्लामा करिब २० हजार भूमिहीन-सुकुम्बासीले लालपुर्जा पाएका जानकारी दिदै अध्यक्ष प्रचण्डले स्थानीय चुनावलगत्तै लालपुर्जा वितरणलाई तीव्रता दिइने बचन दिए ।

प्रतिक्रिया