लाखौँ खर्चेर अमेरिका छिरेका १० नेपाली युवा अमेरिकाबाट निष्काशित

लाखौँ खर्चेर अमेरिका छिरेका १० नेपाली युवा अमेरिकाबाट निष्काशित


  • जन संचार
  • मंगलबार, २९ चैत्र २०७८
  • 2.4K
    Shares

अमेरिकी अध्यागमन कार्यालय

लाखौँ रुपियाँ खर्च गरेर अमेरिका छिरेका १० जना नेपाली युवालाई अमेरिकाले हवाई चार्टर गरेर नेपाल फिर्ता पठाइदिएको छः।

अमेरिका छिरे पछि आफ्ना सम्पूर्ण डकुमेन्टहरु फालेर शरणार्थी बन्ने तयारी गरेका ती युवाहरुलाई गैरकानूनी ढंगबाट शंकास्पद तरीकाले अमेरिका प्रवेश गरेको भन्दै अमेरिकाले नेपाल फ़र्काइदिएको हो। उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन।

अमेरिकाको अध्यागमनले गैरकानुनीरुपमा छिरेको भन्दै राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा, ध्रुब कुमार, शंकर विष्ट मगरलाई निष्काशन गरेको हो।

अमेरिकाको अध्यागमनले लुकीछिपी बस्दै आएका छिरिङ, शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउले र बिराज केसीलाई समेत निष्काशन गरेको छ। आमागी दिनमा अमेरिका प्रवेश गर्न नपाउने गरी उनीहरुलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको हो।

निष्काशित सबैलाई अमेरिकाले विमान चार्टर गरी केही दिनअघि काठमाडौं ल्याएको हो। गल्फ स्ट्रीम जहाजको भीएन७४०एसएस को उडानबाट अमेरिकाले उनीहरुलाई निष्काशन गरेको हो ।

उनीहरुसँग नेपालको राहदानीसमेत थिएन। अवाञ्छित ढंगले अमेरिका प्रवेश गरेको सूचना पाएपछि त्यहाँको अध्यागमनले उनीहरुलाई पक्राउ गरेको थियो। अमेरिका प्रवेश गरेपछि उनीहरुले आफ्नो राहदानी लगायतका आवश्यक कागजात फालेका थिए। तर वासिङ्टन डिसीस्थित नेपाली दूतावासले उनीहरुको ट्राभल डकुमेन्ट बनाइदिए पछि उनीहरु सबै ट्राभल डकुमेन्टमा नेपाल फर्किएका हुन्।

काठमाडौं उत्रिएपछि उनीहरुलाई प्रहरीको मानव बेचविखन अनुन्धान ब्युरोले विमानस्थलमा सोधपुछ गरेको थियो। अवैध ढंगबाट अमेरिका प्रवेश गरेका आप्रवासीहरुमाथि त्यहाँको अध्यागमनले निगरानी बढाएको छ।

प्रतिक्रिया