मन्दिर पाउनुपर्ने माग राख्दा हत्या भएको भनिएका बिकको मृत्यु भबितब्य ठहर, एक जनालाई छ महिना कैद

मन्दिर पाउनुपर्ने माग राख्दा हत्या भएको भनिएका बिकको मृत्यु भबितब्य ठहर, एक जनालाई छ महिना कैद


  • जन संचार
  • आइतबार, २७ चैत्र २०७८
  • 4K
    Shares

मन्दिर प्रवेश गर्न पाउनुपर्ने र वली चढाउन पाउनुपर्ने माग गर्दा हत्या गरिएको भनिएका चितवनको दुर्गाचोक निवासी ५८ वर्षीय भिम बहादुर बिकको मृत्युलाई अदालतले भबितब्य थाहर गरेको छ।

गएको बडा दशैंको महानवमीको दिन चितवनको भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा स्थानीय ५८ बर्षका भीमबहादुर विकको कुटपिटबाट मृत्यु भएको भनिएको थियो। तर चितवन जिल्ला अदालतले उक्त मृत्युलाई शुक्रबार भवितव्य ठहर गरेको छ । प्रहरीले भने आवेशप्रेरित हत्या भनी अदालतमा मुद्दा चलाएको थियो।

न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले शुक्रबार गरेको फैसलाअनुसार आरोपित सीताराम बस्नेतले सफाइ पाएका छन् भने अर्का आरोपित पल्लवी फार्मेसीका सञ्चालक दिलीप श्रेष्ठलाई ६ महिना कैद सजाय तोकिएको अदालतका सूचना अधिकारी श्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए ।

प्रहरी हिरासतमा बसेको दिनदेखि कैद समय गणना हुने हुँदा श्रेष्ठको कैद अवधि चैत २८ गते ६ महिना पुग्ने देखिन्छ । हालसम्म दुवै आरोपित पुर्पक्षका लागि थुनामा छन् । दुवै आरोपितलाई कात्तिक २२ गते पुर्पक्षका लागि थुनामा पठाइएका थिए । प्रहरीले घटना भएकै दिन त्यसमा संलग्न भनिएका ४० वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो ।

केही दलित अधिकारकर्मीले मन्दिर पस्न खोज्दा, बलि चढाउन माग गर्दा भीमबहादुर माथि कुटपिट र त्यसपछि हत्या भएको दावी गर्दै आन्दोलन गरेका थिए । तर, जातीय विभेद हुने कुनै पनि प्रमाण र तथ्य नभेटेको प्रहरीले बताउँदै आएको थियो । मृतकका छोरा २८ बर्षका किसन बिकले लेखेको जाहेरीमा समेत जातीय विभेद सम्वन्धी विषय उल्लेख थिएन ।

भीमबहादुरमाथि आरोपित सीताराम र दीलिपले कुटपिट गरेका थिए । उनीहरुले जाँडरक्सी खाएर होहल्ला गरेकाले कुटपिट गरेको बताएका थिए । पोष्टमार्टम रिपोर्टमा भीमबहादुरको मृत्यु टाउकोमा लागेको चोटकै कारण भएको उल्लेख थियो ।

प्रहरीले अनुसन्धानमा जातीय विभेदको केही तथ्य नभेटिएको बताएको थियो भीमबहादुर विकको मृत्युसम्बन्धमा जाँचबुझका लागि मानवअधिकार आयोग, दलित आयोग र विभिन्न सामाजिक संघसंस्थाको टोली चितवन आएको थियो ।

मृतकको परिवारले गृह मन्त्रालयबाट १० लाख रूपैयाँ राहत रकम पाएका छन् । राहत रकम र दोषीलाई कानुनी कारबाहीको माग गर्दै परिवारले भीमको शव बुझेको थिएन । घटना भएको तीन महिनापछि मात्र आफन्तले शव बुझेका थिए ।

प्रतिक्रिया