भारतको राजधानी नयाँ दिल्लीमा हमला गर्ने धम्की दिइएपछि सुरक्षा व्यवस्था कडा

भारतको राजधानी नयाँ दिल्लीमा हमला गर्ने धम्की दिइएपछि सुरक्षा व्यवस्था कडा


  • जन संचार
  • बुधबार, ९ चैत्र २०७८
  • 5.3K
    Shares

भारतीय प्रहरी

तहरीक–ए–तालिबानको इन्डिया सेलले भारतको राजधानी नयाँ दिल्लीमा हमला गर्ने धम्की दिइएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तहरीक–ए–तालिबानको इन्डिया सेललेले ईमेलमार्फत धम्की पठाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । इमेलमा बम बिस्फोट गराउने सम्मको धम्की प्राप्त भए पछि दिल्लीमा सुरक्षा सतर्कता अलर्ट जारी गरिएको छ ।

मंगलबार रातिदेखि नै दिल्ली प्रहरीले सरोजनी मार्केटसमेत कयौँ बजारमा सर्च अपरेसन समेत चलाउन थालेको छ ।

अहिले दिल्लीका संवेदनशील क्षेत्रमा प्रहरीको बाक्लो सुरक्षा व्यवस्था रहेको छ । मंगलबार राति सरोजिनी नगर मार्केटमा घण्टौँसम्म सर्च अपरेसन चलाइएको थियो । दिल्ली प्रहरीले इमेल पठाउने व्यक्तिको ट्याकसमेत पहिल्याउन खोजिरहेको छ ।

प्रतिक्रिया