स्थानीय तहको चुनाव नजिकिदै गर्दा त्यस च्गुनाब्मा भाग लिने कि नलिने, नलिने भए के कसरी बहिष्कार गर्ने बारेमा राजनीतिक दलहरु घनिभूत छलफल गर्न थालेका छन्।
यसै क्रममा मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आसन्न स्थानीय तहको चुनाब बहिष्कार गर्ने निर्णय गरेको छ। चुनाबको मिति घोषणा भैसकेको अवस्थामा सबैभन्दा पहिले क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनाब बहिष्कार गर्ने नित्नाया गरेको हो। फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले “मतदान स्थलमा मतदान शुन्य हुने” गरी चुनाव बहिस्कार गर्ने निर्णय गरेको क्रान्तिकारी माओवादी स्रोतले जानकारी दिएको छ।
बैठकले एमसीसीको विरोध गर्दै यसविरुद्ध सशक्त विरोध तथा भण्डाफोरसहित राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकताको पक्ष र संझौताको खारेजीका लागि संघर्षलाई निरन्तर अगाडि बढाउने निर्णय पनि गरेको छ ।
क्रान्तिकारी माओवादीले आगामी जेठ महिनासम्म एकता महाधिबेशन गर्ने गरी अहिले कार्यगत एकता गर्ने गरी पांच राजनीतिक दलहरुसंग पार्टी एकता प्रक्रिया चलाउने निर्णय पनि गरेको छ। क्रान्तिकारी माओवादीले बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको बैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र्कर्णजित बुढाथोकी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग पार्टी एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको क्रान्तिकारी माओवादीका एक केन्द्रीय सदस्यले जनसंचार डट कमलाई जानकारी दिए। अहिले यी पांच राजनीतिक दलहरु राष्टियता, जनतन्त्र र जनजीविकाका सवालमा एक भै कार्यगत एकता गर्दै संघर्ष गरिरहेका छन्। यसै क्रममा उनीहरुले अहिले आएर राष्ट्रघाती भनिएको एमसीसी सम्झौता खारेजी अभियान संचालन गरिरहेका छन्।
मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले स्थानीय तहको चुनाब सशक्त बहिष्कार गर्ने र पार्टी एकता वार्ता चलाउने निर्णय गरिसकेको अवस्थामा पार्टी एकीकरण गर्ने भनिएका अन्य राजनीतिक पार्टीहरु भटाभट सके पार्टीको महाधिबेशन, रास्ट्रिय सम्मेलन वा केन्द्रीय समिति बैठक राख्ने तयारीमा लागेका छन्।
यसै क्रममा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक चैत ४ गतेदेखि बस्दैछ भने आहुति नेतृत्वको बैज्ञानिक समाजवादी पार्टीले चैतको तेश्रो साता राष्ट्रिय सम्मेलनको आयोजना गरिसकेको समाचारस्रोतको दाबी छ।
सरकारसंग तीन बुंदे सहमति गरेर शान्ति प्रक्रियामा आएको भनिएको बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले अन्य राजनीतिक दलहरुसंग पार्टी एकता प्रक्रिया अगाडी बढाउने, आसन्न स्थानीय तहको चुनाव बहिष्कार गर्ने र एमसीसीबिरुद्धको संघर्षलाई तीब्रता दिदै संगठन निर्माण तथा बिस्तार अभियानलाई उच्च गतिमा बढाउने बारे निर्णय गर्ने समाचार स्रोतहरुले जानकारी दिएका छन्।
आसन्न स्थानीय रहको चुनाबमा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले के गर्दछ भन्ने बारेमा सर्वत्र चासोपुर्वक हेरिएको छ। बिगतका चुनावहरुमा सहभागी भएको मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले यस पटक स्थानीय तहको चुनाब सशक्त बहिष्कार गर्ने निर्णय गरेको छ। यस निर्णयले बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि चुनाब बहिष्कार गर्न दबाब पुग्ने आंकलन राजनीतिक वृत्तमा गरिएको छ। अद्यापि बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आसन्न स्थानीय तहको चुनाबमा सशक्त बहिष्कार गर्छ कि मौन बहिष्कार गर्छ अथवा स्वतन्त्र उम्मेदवारका रुपमा आफ्ना उम्मेदवारहरु उठाउँछ भन्ने बारेमा सबैतिर शंकाको रुपमा हेरिएको छ।
यता स्थानीय तहको चुनाबमा सहभागी हुन निर्वाचन आयोगमा निबेदन दिएको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले चुनाबमा सहभागी हुन् आधिकारिकता नपाएपछि ऊ स्वत: चुनाब बहिष्कारको परिस्थतिमा पुगेको छ। अद्यापि उसको चुनाब बहिष्कार कस्तो हुने भन्ने बारेमा निर्णयको प्रतीक्षा भैरहेको छ।