अर्धचेत अवस्थामा भेटिएकी २१ महिने नाबालिकाको मृत्यु, बलात्कारको आशंका

अर्धचेत अवस्थामा भेटिएकी २१ महिने नाबालिकाको मृत्यु, बलात्कारको आशंका


  • जन संचार
  • शनिबार, २८ फाल्गुन २०७८
  • 6.3K
    Shares

मृत नवजात शिशु

शुक्रबार साझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी मोरङ सुन्दरहरैंचा-७ की २१ महिने नाबालिकाको शनिबार बिहान मृत्यु भएको छ।

घरबाट अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा एकसय ५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन्। घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा घारीमा फेला पर्दा बालिकाको अवस्था नाजुक थियो।

सुन्दरहरैंचा-७ का वडाध्यक्ष चैतन्य सिटौलाका अनुसार ती बालिका रक्ताम्य अवस्थामा फेला परेकी थिइन्।
‘बालिकाको यौनाङ्ग रक्ताम्य अवस्थामा भेटिएपछि विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि लगिएको थियो,’ सिटौलाले भने, ‘उपचारका क्रममा आज बिहान मृत्यु भयो।’

उनले बालिकाको अवस्था हेर्दा बलात्कार भएको हुन सक्ने अनुमान रहेको बताए। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया