फाइनान्सको रकम चोरीको झुट्ठा आरोप लागेपछि सामुहिक आत्महत्याको प्रयास गरेको खुलासा

फाइनान्सको रकम चोरीको झुट्ठा आरोप लागेपछि सामुहिक आत्महत्याको प्रयास गरेको खुलासा


  • जन संचार
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 5.2K
    Shares

फाइनान्सको रकम चोरी गरेको झुट्ठा आरोप लगाइए पछि काठमाडौंको नागार्जुन नगरपालिकास्थित रामकोटमा एकै परिवारका पांच जनाले विष खाएर सामुहिक आत्महत्याको प्रयास गरेको रहस्य खुलेको छ।

घटनास्थलबाट बरामद गरिएको सुसाइड नोटबाट फाइनान्सको रकम चोरी गरेको झुट्ठा आरोल लगाइए पछि एकै परिवारका पांच जनाले विष खाएर सामुहिक आत्महत्याको प्रयास गरेको रहस्य खुलेको हो ।

गोरखा फाइनान्सले झुटो आरोप लगाउँदै मुद्दा दर्ता गरेपछि आत्महत्याको निर्णय लिएको प्रधान परिवारले लेखेको सुसाइड नोटमा उल्लेख छ। सुसाइड नोटमा भीम प्रधान र मन्दिराले हस्ताक्षर गरेका छन्।
भीमकी आमा ६२ वर्षीया इन्दिराले औँठाछाप हानेको भेटिएको छ। सुसाइड नोटमा फाइनान्सका ६ जना कर्मचारीको परिचय र मोवाइल नम्बर पनि उल्लेख छ।

सामुहिक आत्महत्या गर्न विष खाएका पांच जना मध्ये काठमाडौं महानगरपालिका डल्लु स्थायी घर भइ हाल नागार्जुन नगरपालिका–६ डाँडापौवास्थित डा.उद्धव पुरीको घरमा डेरा लिएर बस्ने सुवर्णमान प्रधानको मृत्यु भएको थियो भने बिष खाएर अचेत अवस्थामा भेटिएका ३३ वर्षीया मन्दिरा प्रधान, ३८ वर्षीय भीममान प्रधान, ६३ वर्षीया इन्द्रमाया प्रधान र ११ वर्षीया सुब्रिना प्रधानको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

प्राप्त जानकारी अनुसार, बिष खाएर अस्पतालमा उपचार गराईरहेकी ३५ वर्षीया मन्दिरा प्रधान गोरखा फाइनान्समा काम गर्थिन्। तर उनलाई आर्थिक हिनामिना आरोप लगाउँदै फाइनान्सले केही महिना अगाडि जागिरबाट निकालेको थियो। जागिरबाट निकालिसकेपछि फाइनान्सले उनीविरुद्ध करिब सात लाख रुपैयाँ हिनामिना आरोप लगाउँदै जनसेवा प्रहरी वृत्तमा उजुरी समेत दिएको थियो। उजुरी परेपछि मन्दिरालाई गत शुक्रबार पक्राउ गरेको थियो। तर उनलाई त्यही साँझ मन्दिराका जेठाजु कुमारमान प्रधानको रोहबरमा छाडिएको वृत्तका डीएसपी डिलबहादुर मल्लले जानकारी दिए। जनसेवाका डीएसपी मल्लले शुक्रबार छलफल गरेर पठाएको बताउँदै सकेसम्म मिल्न भनेको सुनाए।

मन्दिराले भने आफन्तसँग तीन चार लाख रुपैयाँ मात्रै हराएको बताएकी थिइन्। तर फाइनान्सले अरु पनि रकम हिनामिना गरेको आरोप लगाएको प्रहरीले जनाएको छ।

इन्दिरालाई शुक्रबार ६ घण्टासम्म प्रहरीले थुनेको जेठाजु कुमारमानले बताए। आइतबार हाजिर गराउने शर्तमा उनलाई छाडिएको थियो। तर, आइतबार पनि फाइनान्सले बारम्बार ताकेता गरेको थियो। त्यतिबेलै इन्दिराले आफूले रकम तिर्न नसक्ने भन्दै बरु आत्महत्या गर्ने बताएकी थिइन्। यसबारेमा कुमारमानले फाइनान्सका कर्मचारीलाई भन्दा घुर्क्याएको भन्दै जसरी पनि प्रहरी कार्यालय ल्याउन भनेका थिए।

सोमबार राति ९ बजेतिर उनीहरु घरमा ढोका बन्द गरेको अवस्थामा बेहोस भेटिएका थिए। तीनवटा कोठामा उनीहरु बेहोस भेटिएको प्रहरीले जनाएको छ। तत्काल अस्पताल लगिए पनि भतिजको राति नै मृत्यु भएको थियो। काठमाडौंको डल्लु घर भएका उनीहरु रामकोटमा चारवटा कोठा भाडामा लिएर बस्दै आएका थिए।

प्रतिक्रिया