झापाको मेचीनगरसंग जोडिएको भारतीय सीमाका ७३ सीमास्तम्भ हराए

झापाको मेचीनगरसंग जोडिएको भारतीय सीमाका ७३ सीमास्तम्भ हराए


  • जन संचार
  • बुधबार, १८ फाल्गुन २०७८
  • 3.8K
    Shares

झापाको मेचीनगरसंग जोडिएको भारतीय सीमामा रहेका ७३ वटा सिमा स्तम्भ हराएको पाइएको छ।

मेचीनगर नगरपालिकाले गरेको अनुगमनका क्रममा भारतसँग आफ्नो जोडिएको ३२ किलोमिटर अन्तर्राष्ट्रिय सीमास्थित ७३ वटा सिमा स्तम्भ हराएको भेटिएको हो।

मेचीनगरको वडा नं १, ४, ५, ६, ७ र १५ भारतसँग जोडिएको छ । सीमा क्षेत्रको लम्बाइ ३२ किलोमिटर रहेको छ । सिमानामा मेची नदी रहेको छ । सो क्षेत्रमा नेपाल र भारतलाई छुट्याउने २२१ वटा सीमास्तम्भ स्थापना गरिएका थिए । अनुगमन गर्दा १४८ स्तम्भ मात्र फेला परेको नगरप्रमुख आचार्यले जानकारी दिए ।

नगरपालिकाले सोमबार जनप्रतिनिधि, सशस्त्र प्रहरी र सञ्चारकर्मीसहितको टोली लिएर भारतसँगको सीमा अनुगमन गरेको थियो । सीमा क्षेत्रको वर्तमान अवस्था र हराएका सीमास्तम्भका बारेमा नेपाल सरकारलाई जानकारी गराइने उनले बताए ।

मेची नदीमा आएको बाढी वा अरु के कारणले सीमास्तम्भ हराएका हुन् भनेर नेपाल सरकारले नै खोजी गर्नुपर्ने स्थानीय जनप्रतिनिधि बताउँछन् ।

प्रतिक्रिया