अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा यौनजन्य अपराधसम्बन्धी मुद्दा दर्ता

अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा यौनजन्य अपराधसम्बन्धी मुद्दा दर्ता


  • जन संचार
  • बुधबार, ११ फाल्गुन २०७८
  • 4.2K
    Shares

अभिनेता पल शाह

अभिनेता पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा यौनजन्य अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।

उनीविरुद्ध १७ वर्षीया एक किशोरी गायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा यौनजन्य अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेकी हुन्। पिडित गायिकाले आफु पल शाहबाट पीडित भएको भन्दै ती गायिकाले उजुरी दिएकी हुन् ।

अभिनेता पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले उनीमाथि कानुनी कारवाहीको माग गर्दै १७ वर्षीया ती गायिकाले बुधबार बिहानै तनहुँ जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर शाह विरुद्ध जाहेरी दिएकी प्राप्त समाचारमा जनाइएको छ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

हालै मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको सम्बन्धलाई स्वीकार गरेका छन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ ।

गायन क्षेत्रमा अघि बढिरहेकी आफूलाई प्रेमको नाटक रचेर पलले अन्याय गरेको ती गायिकाले आफ्नो जाहेरीमा उल्लेख गरेकी छिन । यसअघि उनलाई पलले दुई वर्षपछि बिहे गर्छु भन्दै आफ्नो प्रभावमा राखेका थिए । यही क्रममा एक जना ठूलो मिडियाका पत्रकारले उनलाई पलसँग भिडियो खिचाएर उनीहरू आपसमा मिलेका छन् भन्दै पललाई जोगाउन र गायिकालाई ‘होस्टाइल’ गराउन युट्युबमा भिडियो अपलोडसमेत गरेका थिए ।

प्रतिक्रिया