बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ संक्रमण

बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ संक्रमण


  • जन संचार
  • सोमबार, ९ फाल्गुन २०७८
  • 2K
    Shares

बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। कोभिडको सामान्य लक्षणहरू देखिएपछि परीक्षण गरिएको र परीक्षण रिपोर्टमा कोभिड–१९ संक्रमण पुष्टि भएको समाचारहरुमा उल्लेख छ।

पन्चान्नब्बे–बर्षीया महारानीले आगामी साता निवासबाटै हल्का जिम्मेवारीलाई निरन्तरता दिने बताएको स्रोतले जनाएको छ। दरबारबाट प्रेषित एक विज्ञप्तिमा भनिएको छ, ‘बकिङहम प्यालेस’द्वारा आइतबार जारी सूचनामा महारानीलाई हल्का लक्षणसहित कोभिड संक्रमण पुष्टि भएको छ।’

बेलायतको राजगद्दीका उत्तराधिकारीसमेत रहेका महारानीका जेठा छोरा राजकुमार चाल्र्सले विन्ड्सरमा आफ्नी आमालाई भेटेको दुई दिनपछि फेब्रुअरी १० मा कोभिड सङ्क्रमण पुष्टि भएको समाचार बेलायती सञ्चारमाध्यममार्फत् बाहिरिएको हो। उनले गत हप्ता दरबारमा केही व्यक्तिहरूसँग समेत भेटेकी थिइन्।

उनीहरूमध्ये एक जना पाहुनालाई कोभिड सङ्क्रमणको स्पष्ट लक्षण देखिएको बताइएको थियो।

प्रतिक्रिया