भारतीय वन कर्मचारीद्वारा नेपाली दुई जना टाँगा चालकमाथि कुटपिट : सिमावर्ती क्षेत्र तनावपूर्ण

भारतीय वन कर्मचारीद्वारा नेपाली दुई जना टाँगा चालकमाथि कुटपिट : सिमावर्ती क्षेत्र तनावपूर्ण


  • जन संचार
  • शनिबार, ७ फाल्गुन २०७८
  • 2.9K
    Shares

टाँगा

भारत उत्तरप्रदेश राज्य बहराइच जिल्लास्थित मुर्तिहाका वनका कर्मचारीले दुई जना नेपाली टाँगा चालकलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका छन्।  नेपालबाट सञ्चालित टाँगा चालक मुसिबत रफिक खान,गुडडु मनिहार र स्याफअली मनिहारलाई कुटपिटलाई बिहीबार कुटपिट गरेर गम्भीर घाइते भएका हुन्।

दुवै जना घाइते टाँगा चालकको जिल्ला अस्पताल गुलरियामा उपचार गराइएको प्रहरीले जानकारी दिएको छ।  भारतीय वनका कर्मचारीहरुले टाँगा  चालकहरुलाई कुटपिट गर्नुकासाथै टाँगा पल्टाई दिएएका थिए । यतिबेला टाँगा चालक कुटिए पछि नेपाल-भारत सिमावार्ती क्षेत्र तनावपूर्ण बनेको छ ।

भारतमा गएका नेपाली मोटरसाइकल धनीबाट जबरजस्ति पाँच हजार रुपैयाँ असुल्दै आएका भारतका वन कर्मचारीले त्यसको बिरोध भए पछि प्रतिशोध स्वरुप नेपालबाट भारततिर टाँगा चलाउन रोक लगाएका छन्।

टाँगा युनियन, गुलरियाका अध्यक्ष रइस अहम्मद सिद्दीकीले विषयवस्तुसँग सरोकार नभएको घटनामा प्रतिशोध लिन टाँगा सञ्चालनमा रोक लगाइएको आरोप लगाए । तर‚ एसएसबीले भने आफूहरूले कुनै अवरोध र दुर्व्यवहार नगरेको बताए ।

करिब दुई साताअघि भारतीय वनमा घास, दाउरा गर्न गएकी गुलरिया-९ कि एक महिलामाथि मुर्तिहाका वनका कर्मचारीले दुर्व्यवहार गरेका थिए । यसको बदला लिन सोही ठाउँका तीन जना युवाले वनका कर्मचारीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । यसको प्रतिशोध लिन अहिले वनका कर्मचारीले सीमा नाकामा आउजाउ गर्न समेत रोक लगाएका छन् ।

 

प्रतिक्रिया