श्रृं’खलाबद्ध अहमदावाद ब’म वि’ष्फोट का’ण्डमा ३८ जनालाई फाँ’सी र ११ जनालाई आजीवन काराबासको स’जायं

श्रृं’खलाबद्ध अहमदावाद ब’म वि’ष्फोट का’ण्डमा ३८ जनालाई फाँ’सी र ११ जनालाई आजीवन काराबासको स’जायं


  • जन संचार
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 3.2K
    Shares

भारतको विशेष अदालतले १४ वर्ष अघि अहमदावादमा भएको एक श्रृं’खलाबद्ध ब’म वि’ष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँ’सीको स’जाय तोकेको छ भने अन्य ११ जनालाई आ’जीवन काराबासको सजाय सुनाएको छ ।

अहमदावादको वि’शेष अदालतका न्यायाधीश अम्बालाल पटेलले ६ हजार सातसय ५२ पानाको फैस’लामा ४९ आरोपीलाई दो’षी ठहर गर्दै सजाय सुनाएको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ । आतं’कवादको आरोपमा एकसाथ ४९ जनालाई पहिलोपटक दोषी ठहर्याइएको समाचारमा उल्लेख छ ।

सन् २००८ को जुलाई २६ तारिखको दिन अहमदावादको मणिनगरमा भएको ब’म वि’ष्फोटमा ५६ जनाको मृ’त्यु भएको थियो भने दुईसय जनाभन्दा बढी घा’इते भएका थिए । उक्त बि’ष्फोट इण्डियन मुजाहिदीनले गराएको प्रहरी अधिकारीले जनाएका छन् ।

यो घटनामा मृ’त्यु भएका परिवारका सदस्यलाई एक लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार रुपैयाँको दरले राहत दिन पनि अदालतले आदेश दिएको छ ।

सन् २००८ मा अहमदावादमा भएको ब’म वि’ष्फोटमा ७७ जना आ’रोपी रहेकोमा ४९ जना दो’षी ठहर भएका हुन् भने २८ जनाले सफाइ पाएका छन् ।

१३ वर्षदेखि चलेको सुनुवाइको क्रममा एकहजार एकसय ६३ जनाको बयान लिइएको थियो । प्रहरी र कानुन व्यवसायीहरुले छ हजार भन्दा बढी प्रमाण जुटाएका थिए ।

प्रतिक्रिया