हामी सुन्दर भविष्यका लागि बेलायत जान्छौं। तर बेलायतमा राम्रो प्रतिष्ठा कमाएका एक उच्च अधिकारीले आफ्नो भविष्यको चिन्ताले आत्महत्या गरेका छन्।
नेपालका लागि बेलायतको राजदूत भएर काम गरिसकेका रिचर्ड मोरिसले आफ्नो भविष्यको चिन्ता गर्दैआत्महत्या गरेको खुलेको छ ।
सन् २०२० को अगस्टमा घरनजिकैको जंगलमा मृत भेटिएका मोरिसको मृत्यु सम्बन्धमा छानबिन गर्न गठित्त न्यायिक अनुसन्धान (विन्चेस्टर) ले उनले आत्महत्या गरेको पुष्टि गरेको हो । अन्तिम पटक उनी सन् २०२० मे ६ मा ह्याम्पसायरको बेन्ट्लीस्थित आफ्नै घरको नजिकमा मर्निङ वाकका क्रममा देखिएको थियो ।
बेलायत सरकारले उनलाई फिजी गणतन्त्रका लागि सन् २०२० जुलाईदेखि कार्यभार सम्हाल्न उच्चायुक्त तोकेको थियो । तर त्यसको २ महिनाअघि नै बेपत्ता भएका थिए । बेलायतको कोभिड टास्कफोर्समा कार्यरत रहेका बेला उनी बेपत्ता भएका थिए ।
कोरोनाको पहिलो लहरका बेला उच्च दबाबमा काम गरेका मोरिसले भविष्यको चिन्ताले आफैंले ज्यान लिएको निष्कर्ष अनुसन्धान प्रतिवेदनमा छ ।
उनले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा बेलायती राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । नेपाललाई माया गर्ने मोरिसले भूकम्पपछि बेलायती राजकुमारह्यारीको नेपाल भ्रमण संयोजनमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । मोरिस विशेषगरी ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स प्रतिनिधिसँग निकट थिए ।