ज्वाईका कारण बाबुराम तनावमा, दुई महिना नबित्दै मानुसीको जीवनमा खटपट

ज्वाईका कारण बाबुराम तनावमा, दुई महिना नबित्दै मानुसीको जीवनमा खटपट


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ चैत्र २०७२
  • 29.7K
    Shares

द्वन्द्वकालदेखिकै सहयोग विश्वदीप पाण्डेले हो, अहिले पनि बाबुरामका कार्यक्रम बनाउने, जनसम्पर्कको काम गर्ने । बाबुरामको आडमा उच्चकोटीका बुर्जुवाले जस्तो विवाह समारोह नै गरे पनि विश्वदीप उनका लागि दाहिने हातैसरह हुन् । तर, हिजोआज ज्वाइँ जेकेन्द्र श्रेष्ठ विश्वदीपलाई हेपेर जनसम्पर्कका काम गर्न म्याडमले आफूलाई अह्राएको भन्दै पन्छाउने प्रयासमा छन् ।

बाबुरामपुत्री मानुषीसँग विवाह गर्नुअघि नै साथीहरूसँग मौकाका लागि भ-याङ बनाउन नाता जोडेको हुँ भन्ने जेकेन्द्रले अहिले देखाउने व्यवहारले त्यही कुरा पुष्टि गरेको छ ।

हिसिलालाई नेतृत्वमा राख्दा राम्रो छवि बनाएका अन्य व्यक्ति पार्टीमा नजालान् भनी बाबुरामले अलग राखेका हुन् । तर, अहिले पनि बाबुरामका काम र कुरामा हिसिला बाझाबाझै गर्छिन् ।

मानुषीको विवाहपूर्व पनि उनीहरूको बाझाबाझ चल्यो । अरु कारणले होइन, अवसरवादी भएका कारण मानुषीका लागि जेकेन्द्र उपयुक्त बर हुँदैनन् भन्ने निचोड बाबुरामको थियो ।

मानुषीलाई भनेका पनि थिए, विचार गर है ! तर यही कुरालाई लिएर हिसिला बाबुरामसँग बाझेकी हुन् । हिसिलालाई उनको काममा दौडधुप गरिदिने एउटा छोरासमानको मानिस चाहिएको थियो । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

केही मानिसलाई सहयोगी राख्दा पहिला पनि पटक पटक गोपनीयता भङ्ग हुने हदको विश्वाघात व्यहोरेकी उनले मानुषीको विवाह गराएर जेकेन्द्रलाई आफूले चाहेको काममा दौ्रडाउने योजना बनाएकी थिइन् ।

सानेपातिर चर्चा छ, त्यही योजनाअनुसार अहिले जेकेन्द्र विश्वदीपलाई ओभरटेक गर्न अग्रसर छन् । विद्यार्थी संगठनमा काम गर्दा पनि शक्तिका पछि लाग्ने र विवादास्पद काममा बढी संलग्न गरेको थियो ।

प्रतिक्रिया