मोटरसाइकल र ट्रक ठोक्किँदा पोखरामा दुई सैनिकको मृत्यु

मोटरसाइकल र ट्रक ठोक्किँदा पोखरामा दुई सैनिकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ माघ २०७२
  • 15.6K
    Shares

गएराति मोटरसाइकल र ट्रक ठोक्किँदा दुई सैनिकको मृत्यु भएको छ । पोखराको अमरसिंह चोकमा ना१४प ३८५२ नंको मोटरसाइकल र ना३ख ६५९ नं को ट्रक ठोक्किँदा मोटरसाइकलमा सवार सहसेनानी रञ्जनविक्रम शाह र हुद्धा रोशन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार बेलुका ८ः२० बजे भएको दुर्घटनापछि उपचारार्थ पश्चिम क्षेत्रीय अस्पतालमा लगिएका शाह र थापाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ । रासस

प्रतिक्रिया