मसालसंग बिद्रोह गरेको समुह र माओवादी केन्द्रबीच पार्टी एकीकरण

मसालसंग बिद्रोह गरेको समुह र माओवादी केन्द्रबीच पार्टी एकीकरण


  • जन संचार
  • शुक्रबार, ९ पुष २०७८
  • 4.4K
    Shares

मोहन बिक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल)संग बिद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र) र प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच लोकेन्द्र लम्साल संयोजकत्वको मसाल सम्पर्क केन्द्र र माओवादी केन्द्रबीच एकता भएको हो ।

यस अघि नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन बिक्रम सिंहले एक प्रेस बिज्ञप्ति जारी गर्दै पार्टीबाट बाहिरिएका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमै फर्किन आव्हान गरेका थिए।

मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुमा विवाद भएपछि मसालमा विद्रोह गरेर मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो । विद्रोही समूहले ३९ जिल्लामा आफूहरुको संगठन रहेको बताएको छ ।

माओवादी शान्त्रि प्रक्रियामा आएपछि मोहनविक्रम सिंहसँग विद्रोह गर्दै डिलाराम आचार्य, नवराज सुवेदी लगायत माओवादीसँग एकतामा आएका थिए । लम्साल त्यो एकतामा सहभागी नभइ मसालभित्रै अन्तरसंघर्षमा रहेका थिए ।

प्रतिक्रिया