नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग बिद्रोह गरेको भनिएको समुहले आफ्नो पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) घोषणा गरेको छ। रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै सो समुहले आफ्नो पार्टीको नाम सार्वजनिक गरेको हो।
गत कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको शसस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै पार्टीको नाम नेकपा (क्रान्तिकारी) राख्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट विभाजन भई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) घोषणा गरिएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गत कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको शसस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा (क्रान्तिकारी) को गठन गरिएको जानकारी दिइएको छ ।
नेपाली क्रान्तिको रक्षा गर्दै श्रमजीवि वर्गको मुक्तिका लागि गठन भएको विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहिन काल्पनिक बाटोमा लागेको भन्दै पुर्णत असफल भएको नवगठित क्रान्तिकारीले धारणा राखेको छ।
कार्यक्रममा बोल्दै प्रचार-प्रसार विभागका प्रमुख अमर गोपालीले कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको शसस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा(क्रान्तिकारी)को गठन गरेको जानकारी दिए ।
प्रचार-प्रसार विभागका प्रमुख अमर गोपालीका अनुसार, नवगठित पार्टीको कार्यसमितिमा महासचिव सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको जनाईएको छ । त्यस्तै, उक्त पार्टीमा ८१ जनाको केन्द्रीय समिति, १५ जनाको पोलिटब्युरो र ७ जनाको स्थायी कमिटि गठन गरिएको छ ।
उनले विप्लव नेतृत्वको नेकपा पुर्णरुपमा असफल भएको आरोप लगाउदै भने, ‘भ्रष्ट दलाल व्यवस्थाले गर्ने जनमत संग्रह नामको चुनावमार्फत बैज्ञानिक समाजवाद ल्याउने अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहिन काल्पनिक बाटोमा लागेर पुर्णत असफल भैसकेको छ ।’
उनले फेरी क्रान्तिकारी शक्तिहरुले आफ्नो सिर्जनशिलतामा नयाँ पार्टी पुनर्गठन गरि क्रान्तिलाई फेरी नयाँ उचाइमा उठाउने ऐतिहासिक कार्यभार आफ्नो पार्टीले लिएको जिकिर गरे । शहिदहरुको बलिदान र वर्गसंघर्षको भट्टीबाट पुनः क्रान्तिको झण्डालाई फहराउँदै नयाँ इतिहास रच्ने र सहिदका सपना पुरा गर्ने प्रतिबद्धता सहित पार्टी गठन गरिएको उनको भनाई थियो । नेपालमा अझै क्रान्ति बाँकी रहेकोले जनवादी क्रान्तिको कार्यभार पुरा गर्दै उत्पादनसहितको ‘शसस्त्र जनविद्रोह’ मार्फत पुनः क्रान्तिकारीहरुकौ एकता र ध्रुवीकरण गर्दै समाजवादी राज्य स्थापना गर्नु पार्टीको कार्ययोजना रहेको समेत केन्द्रीय सदस्य गोपालीले स्पष्ट पारे ।
उनले नेपाल कम्युनिष्ट पार्टीको ७२औं लामो इतिहासमा सयौं कम्युनिष्ट पार्टीहरुको उदय भएपनि जडसुत्रवाद र काल्पनिक कार्यदिशा बोकेर राष्ट्रघात, वर्गघात र जनघात गरेको समेत उनले आरोप लगाए । उनले २०७७ सालमा उनले विप्लवले सेना र सत्ता ३ बुंदेमार्फत केपी ओली सरकारलाई बुझाउनुलाई क्रान्तिकारीमाथि गरेको धोका, बेईमानी र जालसाजीको संज्ञा दिए ।
वैज्ञानिक समाजवाद कुनै पनि हालतमा जनमतसंग्रह बाट आउने नसक्ने भन्दै वैज्ञानिक समाजवादको सिद्धान्त आफैले उत्पन्न गर्न पर्ने उनले धारणा राखे । पार्टीले दिएको जिम्मेवारी पुरा गर्न आएको भन्दै उनले पार्टीको ३ पेज लामो अवधारण पत्र पढेर सुनाए ।
आत्मसमर्पणवाद, पलायनवाद, आत्मसुरक्षावाद र विर्सजनवादविरुद्ध शसक्त संषर्ष गर्दै उत्पादनसहितको सशस्त्र जनविद्रोहलाई नयाँ उचाईमा उठाउनको लागि उक्तपार्टीले अपिल गरेको र सोही नारा बोकेको छ ।