अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक,शुक्रराज ट्रपिकलका निर्देशक डा. बास्तोलाको सरुवा

अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक,शुक्रराज ट्रपिकलका निर्देशक डा. बास्तोलाको सरुवा


  • जन संचार
  • सोमबार, १३ मंसिर २०७८
  • 2.8K
    Shares

डा. अनुप बास्तोला

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सम्भावित जोखिम कम गर्न सरकारले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।
अफ्रिकामा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई कुटनीतिक, अफिसियल र आपत्कालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
यस्तै अफ्रिकी देश हुँदै यात्रा गरेका अरू देशका नागरिकलाई कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा निर्णय लिन निर्देशन दिइएको र स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर थप कडाइका व्यवस्थाहरू गर्ने प्रवक्ता पोखरेलले बताए ।

यता कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पहिलो र दोस्रो लहर आउँदा संक्रमितहरुको उपचारमा खटिएका अब्बल शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, टेकुमा कार्यरत डाक्टर अनुप बास्तोलालाई स्वास्थ्य मन्त्रालयले सरुवा गरेको छ।

दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट ओमिक्रोनले अरु देशसँगै नेपाल पनि सतर्क हुनुपर्ने बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. अनुप बास्तोलाको सार्क क्षयरोग केन्द्र सरुवा गरेका छन्।  उनको ठाउँमा डा. मनिषा रावललाई ल्याइएको छ ।

डा. बास्तोलाको सरुवाप्रति अस्पतालमा कार्यरत कर्मचारीहरुले समेत असन्तुष्टि जनाएका छन् । तर स्वास्थ्यमन्त्री खतिवडाले भने आफूले स्वास्थ्य समन्वय महाशाखा लगायतमा कार्यरत १२/१३ जनाको सरुवा गरेको भन्दै एक जनाको पछाडि लाग्नुको अर्थ नभएको बताउने गरेका छन् ।

डा. बास्तोलाई केपी शर्मा ओली नेतृत्वको सरकारले असार २०७८ मा निर्देशकको नियुक्त गरेको थियो । तत्कालिन निर्देशक सागर राजभण्डारीले अवकाश पाएपछि त्यहीँ कार्यरत डा. बास्तोलालाई निर्देशकको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया