भारतीय आयकर विभागले कर्नाटकका मन्त्री र प्रदेश महिला काँग्रेसकी नेतृको घरमा छापा मारेर १ सय ६२ करोड रुपियाँभन्दा बढी सम्पत्ति पत्ता लगाएको छ भने ४१ लाख रुपैयाँ नगद, सुन तथा आभुषण कब्जा गरेको छ ।
अधिकारीले पछिल्लो साता मन्त्री रमेश एल जारखिहोली र महिला काँग्रेसकी प्रमुख लक्ष्मी आर हेब्बालकरको घरमा छापा मारेर केही अवैध सम्पत्ति र स्रोत नखुलेको लगानी कब्जा गरेको हो । यसबारेमा प्रतिक्रिया दिँदै जारखिहोलीले आफूले कुनै गल्ती नगरेको र छापा मार्नु राजनीतिक षढयन्त्र भएको आरोप लगाएका छन् ।
अधिकारीहरुले छापा मारेर १ सय ६२ करोड रुपैयाँ अघोषित सम्पत्ति र ४१ लाख रुपैयाको स्रोत नखुलेको नगदका साथै १२.६ किलो सुन कब्जा गरेको जनाएका छन् ।