गाउँपालिका उपाध्यक्षलाई दुर्ब्यबहार गरेको भन्दै बाँकेको राप्ती सोनारी गाउँपालिका अन्तरगत रहेको न्यायिक समितिमा इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रबिन्द्र खनालविरुद्ध उजुरी परेको छ। डिएसपी खनालले सोनारी गाउँपालिकाकी उपाध्यक्ष सोनारी गाउँपालिकालाई दुर्ब्यबहार गरेको भन्दै न्यायिक समितिमा उजुरी परेको हो।
प्राप्त समाचार अनुसार, दसैैैंको समयमा शमशेरगञ्ज परुवा खोलामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो भने अर्का घाइते भएकी थिइन् । सो घटनाको अनुसन्धानको विषयमा बुझ्न जाँदा डिएसपी खनालले राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीलाई थुन्ने धम्की दिदै दुर्ब्यबहार गरेका थिए। सो विष्यामा न्यायिक समितिमा उजुरी परेपछि डिएसपी खनालमाथि छानबिन सुरु भएको प्राप्त समाचारमा जनाइएको छ ।
गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीलाई डिएसपी खनालले दुर्ब्यबहार गरेकोमा स्थानीय जनप्रतिनिधि आक्रोशित बनेका छन् । बेथितीलाई पश्रय दिएको र जनप्रतिनिधिलाई दुर्ब्यबहार गरेपछि उनको सरुवाको माग गरिएको छ ।
यातायात व्यवसायीसँग मिलेर डिएसपी खनालले पीडित पक्ष मात्र नभई गाउँपालिका उपाध्यक्षलाई समेत धम्काएको भन्दै स्थानीय जनप्रतिनिधि आक्रोशित भएका हुन् ।