पर्वतको पैंयुमा गर्भवती तथा सुत्केरी महिलासंग उपाध्यक्ष सन्चो बिसन्चो कार्यक्रम शुरु

पर्वतको पैंयुमा गर्भवती तथा सुत्केरी महिलासंग उपाध्यक्ष सन्चो बिसन्चो कार्यक्रम शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ कार्तिक २०७८
  • 4.8K
    Shares

दक्षिण पर्वतको पैंयु गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलासंग उपाध्यक्ष सन्चो बिसन्चो कार्यक्रम शुरु गरेको छ। पैयूँ गाउँपालिका वडा नं. ३ बेउलीबासबाट यो कार्यक्रम शुभारम्भ गरिएको हो । उक्त वडाका सुत्केरी महिलाहरुलाई उपाध्यक्ष गुरुङले ५ हजारका दरले नगद प्रदान गरेर सो क्रार्यक्रमको शुरुवात गरिन्।

कार्यक्रममा पैयूँ – ३ बेउलीबासका वडा अध्यक्ष विष्णु प्रसाद काफ्ले, पैयूँ गाउँपालिकाका जनसम्पर्क अधिकृत मिन प्रसाद न्यौपाने, स्वास्थ्य शाखाकी सह सयोंजक विष्णु कुमारी क्षेत्री लगायत विभिन्न कर्मचारीहरु, सुत्केरी महिलाहरु र नवजात शिशुहरुको उपस्थिती रहेको थियो ।

पैयूँ गाउँपालिकाले आ.व. २०७८।७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गर्भवती महिला र नवजात शिशु को पोषणका लागि यो कार्यक्रम अघि बढाएको गाउँपालिका उपाध्यक्ष गुरुङले जानकारी दिइन्।

गाउँपालिकाका कोहिपनि गर्भवती महिला र नवजात शिशुहरु गुणस्तरयुक्त पोषण र स्वास्थ्य उपचारको अभावमा मृत्युवरण गर्न नपरोस भनेर यस्तो कार्यक्रम संचालन गरिएको उपाध्यक्ष गुरुङले बताइन् ।

गर्भवती तथा सुत्केरी महिलासँग उपाध्यक्ष सन्चो बिसन्चो कार्यक्रम सञ्चालन कार्यविधि २०७८ अनुसार गर्भवती अथवा सुत्केरी महिलालाई पोषणका लागि प्रति सुत्केरी महिला बढिमा २ पटक रू ५ हजार रूपैयाँ प्रदान गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया