वडाध्यक्षले थुपारे मेयरकाे घरअगाडि फोहोर, कालो’मोसो दल्ने चेता’वनी

वडाध्यक्षले थुपारे मेयरकाे घरअगाडि फोहोर, कालो’मोसो दल्ने चेता’वनी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ कार्तिक २०७८
  • 3.7K
    Shares

फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको घरअगाडि वडा अध्यक्षहरूले फोहोर थुपारिदिएका छन्। चाड पर्वको अवसरमा समेत सरसफाइ गर्नमा ध्यान नदिएको भन्दै मेयर साहको घरअघि स्थानीय जनप्रतिनिधिहरूले फोहर थु’पारेर वि’रोध गरेका हुन् । पटक–पटक फोहर व्यवस्थापनको लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको उनीहरूको आ’रोप छ ।

नेपालिहरुको महान चाड तिहार नजिकिँदै गर्दा पनि फोहर व्यवस्थापनमा चासो नदेखाएको भन्दै केही वडाध्यक्षहरूले मेयर साहलाई कालो’मोसो दल्ने चेताव’नी समेत दिएका छन् । वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्ग’न्धित बनाउने गरी थुपा’रिएका फोहर व्यवस्थापनमा मेयर साहले बेवा’स्ता गरेको भन्दै उहाँलाई कालो’मासो दल्ने चेता’वनी दिए । ट्रयाक्टरमा फोहोर संकलन गरेर वडाध्यक्ष जानकीराम साहले आफैं ट्रैक्टर चलाएर प्रमुख साहको घरसम्म फोहोर पुर्‍याएका थिए।

वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाहरूको टोलीले नगरप्रमुख साहको घरअगाडि फोहोर थुपारेर बि’रोध जनाएका थीए। उनीहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि धर्नासमेत दिएका छन् ।

“फोहोर ब्यबस्थापनमा चासो दिनुभएन, बेवा’स्ता गर्नुभयो ,”फोहोर व्यवस्थापन हुनुपर्छ भनेर ल्यान्डफिल साइट बनाउनुपर्छ भन्दै आएका छौँ, तपाईँले नसके हामी वडाध्यक्षहरूको समूह बनाएर काम गर्छाैँ भन्दा पनि उहाँले मान्नुभएन, वडाध्यक्ष जानकीराम साहले भन्नुभयो ।

जनकपुरधाम उपमहानगरभित्रका विभिन्न वडामा थुपा’रिएको फोहर व्यवस्थापनमा असहयोग गरेको भन्दै मेयर साहप्रति जनप्रतिनिधिहरू पनि आ’क्रोशित बनेका छन् ।

प्रतिक्रिया