माल्दिभ्समा जारी द’क्षिण एसियाली फुटबल (साफ) च्या’म्पियनसिपमा नेपालले श्रीलङ्कालाई परा’जित गरेको छ। गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हरा’एको हो।
नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो। यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले परा’जित गरेको थियो। श्रीलङ्काविरु’द्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे। श्रीलङ्काका लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल गरे।
खेलको पहिलो हाफको ३३औँ मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई अ’ग्रता दिलाएका थिए। यस्तै खेलको ५१औँ मिनेटमा नेपालका तर्फबाट अन्जन विष्टले गोल गरे। खेलको ५७औँ मिनेटमा मार्भिन ह्यामिल्टनले श्रीलङ्काका लागि पहिलो गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्’याए। यसैगरी आयुस घलानले खेलको ८६औँ मिनेटमा गोल नेपाललाई ३–१ को अ’ग्रता दिलाए।
खेलको अन्तिम समयमा श्रीलङ्काका लागि डिलोन डी सिल्भाले पेनाल्टीमार्फत गोल गर्दै खेल ३–२ को स्थितिमा पुर्याए पनि आफ्नो टोलीलाई जित दिलाउन भने सकेनन्। लगातारको जितसँगै नेपाल साफ च्याम्पि’यनसिपको शीर्ष स्थानमा पुगेको छ। नेपालले दुई खेलबाट ६ अङ्क जोडेको छ। अब नेपालले तेस्रो खेल असोज २४ गते भारतवि’रुद्ध खेल्नेछ।