नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सदस्यमा मनोनित

नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सदस्यमा मनोनित


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ माघ २०७३
  • 10.7K
    Shares

केही दिनअघि माओवादी केन्द्र छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेकी चर्चित नायिका रेखा थापालाई राप्रपाले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उनलाई केन्द्रिय सदस्यमा मनोनित गरेका हुन् ।
राप्रपा र राप्रपा नेपालबीचको एकिकरणभएपछि बनेको ३ सय केन्द्रियसदस्यमध्ये रिक्त रहेको स्थानमा थापालाई मनोनित गरेको राप्रपा नेपालका सहप्रवक्ता राजाराम बर्तोलाले जानाकारी दिए ।
राप्रप्रा एकिकरणका बेला २ पार्टीका १ सय पचास जना केन्द्रिय सदस्य समेटेर एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समिति ३ सय सदस्यीय बनेको थियो ।

प्रतिक्रिया