गायिका इन्दिरा जोशीको ‘सरप्राइज’ इन्गेजमेन्ट !

गायिका इन्दिरा जोशीको ‘सरप्राइज’ इन्गेजमेन्ट !


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ असोज २०७८
  • 2.4K
    Shares

गायिका इन्दिरा जोशीले ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी छन् । गायिका जोशीले खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन त्यहाँ पुगेका इन्दिरा र शरदबीच इन्गेजमेन्ट भएको हो ।

हेलिकोप्टरमार्फत त्यहाँ पुगेका उनीहरु अहिले खुम्बु क्षेत्रमै छन् । त्यही मौकामा शरदले इन्दिरालाई औंठी लगाइदिएको भिडिओ सार्वजनिक समेत भएको छ । भिडियोमा शरदले घुँडा टेकेर इन्दिरालाई औंठी लगाइदिएका छन् भने इन्दिराले खुशि हुँदै स्वीकारेकी छिन् ।

इन्दिरा जोशीले केही महीना पहिले आफू सिंगल नरहेको खुलासा गरेकी थिइन् । उनले त्यतिबेलै आफू कसैसँगको प्रेममा रहेको बताएकी थिइन् ।

पाइलट विवेकले भिडियो सार्वजनिक गर्दै इन्दिरा र शरदलाई सुखद भविष्यको शुभकामना दिएका छन् । यी दुई जनाले केही महीनायता डेट गरिरहे पनि सार्वजनिकरुपमा प्रेमलाई स्वीकार गरिसकेका छैनन् । त्यो भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ भने अहिले इन्गेजमेन्ट गरेको कुरा पनि उनी आफैंले भने औपचारिक रूपमा सार्वजिनक गरेकी होइनन् ।

प्रेमीले उनलाई सगरमाथा क्षेत्रको खुम्बुमा पुगेर इन्गेजमेन्ट औंठी लगाइदिएका छन् । फेसन डिजाइनर शरद केडियाले इन्दिरालाई खुम्बुमै इन्गेजमेन्ट रिङ लगाइदिएका छन् ।

उनीहरूले इन्गेजमेन्ट गरेको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा राखेपछि वास्तविकता सार्वजनिक भएको हो ।

प्रतिक्रिया