गायन चर्चित रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा चारजना नि;र्णायक सार्वजनिक भएका छन् ।‘द भ्वाइस किड्स नेपाल’ ले आज सामाजिक सञ्जाल फेसबुकमार्फत चारजना निर्ण;यकको तस्विर राख्दै यसबारे सार्बजनिक गरेको हो ।
‘द भ्वाइस किड्स’ को निर्णायकमा गायक प्रमोद खरेल र राजु लामा साथै गायीका प्रविशा अधिकारी र मिलन नेवार रहनेछन् ।कार्यक्रममा ६ देखि १४ वर्ष सम्मका बालबालिकाहरुले भाग लिएर आफ्नो गायन प्रतिभा प्रस्तुत गर्नसक्ने आयोजकले जानकारी दिएको छ ।
नेपाली संगीत जगतमा नयाँ आयाम थप्ने प्रयासका साथै नेपाली बालबालिकाको प्रतिभालाई विश्व सामु राख्ने उद्दे;श्यले यो कार्यक्रम ल्याईएको जनाइएको छ ।