लोक दोहोरि छेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका कृष्ण बस्यालको ”कस्तो मन रैछ ” बोलको लोक गीत यूटुब मार्फत सार्वजनिक भएको छ ।
माया प्रेम संग सम्बन्धित एकल गीत “कस्तो मन रैछ” मा रमेश सार्थक र बिग्यान न्यौपानेको स्वर रहेको छ ।
उक्त गीतमा शब्द ,संगीत कृष्ण बस्यालको रहेको छ । कृष्ण बस्याल को शब्दमा सजिएका अरु चर्चित गित बन्की चरी,सिमलैमा मैना आदि सार्बजनिक भएका छन् ।
“सर्त ” नामको एल्बम बाट गीत संगीतमा लागेका रमेश सार्थकको यो भने दोश्रो गीत हो । सार्थकले दर्जनौं कभर गीत गाएका छन् ।
यता गाएन छेत्रमा प्रवेश गरेका अर्का गाएक बिग्यान न्यौपानेको भने यो गीत पहिलो हो । माया प्रेम मा आधारित गीत कृष्ण बस्यालको आधिकारिक युटुब च्यानल बाट सार्बजनिक भएको हो । स्टुडियो :सारङ्गीमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज भने कुमार सिन्जाली मगरले गरेका हुन् ।
गितको भिडियोमा रमेश सार्थक र बिग्यान न्यौपानेको अभिनय रहेको छ भने मादलमा माधब ज्ञावाली र मुरलीमा बरिस्ठ शंकर रहेका छन् ।