अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । उनले हिजो राति पहिलो सन्तानको रुपमा छोराको जन्म दिएकी हुन् ।
पछिल्लो समय शर्मा आवद्धे रियालिटि शो कमेडी च्याम्पियनले ऋचा आमा बनेको पृष्टि सहित सामाजिक सञ्जालमार्फत बधाई दिएको हो । च्याम्पियनको उक्त पोस्ट अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी छिन् ।
उनको डेढ वर्ष अगाडी दिपेक्षविक्रम राणासँग विवाह भएको थियो । ऋचाले केही समय अघि आयोजित एक कार्यक्रममा आफूले आफ्नो ९ महिनाको गर्भावस्था निकै रमाइलो भएको बताएकी थिइन् ।