हृदय’घातका कारण अभिनेता सिद्धार्थ शुक्लाको नि’धन

हृदय’घातका कारण अभिनेता सिद्धार्थ शुक्लाको नि’धन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ भाद्र २०७८
  • 3.4K
    Shares

अभिनेता तथा बिग बोस–१३ को बिजेता सिद्धार्थ शुक्लाको नि’धन भएको छ । शुक्लाको हृदय’घातका कारण मुम्बईको कुपर अस्पतालमा नि’धन भएको हो ।

बिहीबार ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औ’षधि खाएर सुतेका तर बिहिबार बिहान उनको हृदय’घातका कारण नि’धन भएको अस्पतालले जनाएको छ । टेलिभिजन उद्योगका चर्चित अभिनेता शुक्लाले बिग बोसको १३ औँ संस्करण जित्न सफल भएका थिए । उनले टेलिभिजन सिरियल ‘बालिका बधु’ बाट आफ्नो पहिचान बनाएका थिए ।

उनको जन्म सन् १९८० को डिसेम्बर १२ मा भएको थियो । उनले सन् २००४ मा टिभीमा पहिलोपटक अभिनय गरेका थिए । उनले सन् २००८ मा ‘वह बाबुलका आंगन छुटे ना’ नामको सिरियलमा काम गरेका थिए । उनी ‘बालिका बधु’ बाट भने चर्चामा रहे । उनले टेलिभिजनसँगै बलिउडमा पनि कदम राखेका थिए । उनले​ २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा काम गरेका थिए ।

प्रतिक्रिया