आरुघाटमा ढुंगा वर्सियो

आरुघाटमा ढुंगा वर्सियो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० चैत्र २०७२
  • 16.2K
    Shares

गोरखाको आरुघाट बजार नजिकै रहेको  आरुपोखरी २ कुडुले स्थित रोशन  बानियाँको घरमा   चैत ६ गते साँझ ६:३० देखि  खसिरहेको ढुंगा र सामान हेर्दा अझै आश्चर्यजनक लाग्दो छ । सो घटनाको अनुसन्धान गरिरहेका ई प्र का आरुघाटका प्रहरी निरीक्षक  रवीराज थपलियाले भने -” आजै मात्र लगातार ३ घण्टा देखि म घटना स्थलमा छु , घटना स्थलको वर पर २ किलोमीटर सर्च गर्दा कुनै मानबिय गतिबिधि देखियन| तर लगातार ५ /१० मिनेटको अन्तरालमा टिनको छानोमा ढुंगा बर्सन्छ  तर कहाँ बाट आयो देखिदैन  र सिधै घर भित्र भान्साकोठामा जम्मा हुन्छ मैले केहि ढुंगा त जम्मा गरि दोकाले छोपेर राखेको छु |”
ठाउमा गत वर्ष भूकम्पले घर भत्किएर टिनको छानो भएको कटेरो हाली रोशन  बानियाँको परिवार , कृष्ण बानियाँ तथा आमा सिता बानियाँ बसोबास गर्दै आएका छन् | 
तर आज सम्पर्क गर्दा भने उनले घरमा भएको ४ पाखे  छानो मध्ये १ पाखाको टिन आरुघाट प्रहरीले निकालिदिए पछी भने ढुंगा खस्ने क्रम रोकिएको छ | उहाँका अनुसार घटना बारे थप अनुसन्धान भईरहेको छ |

आरुघाट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. बीरेन्द्र पुडासैनीले जनाए अनुसार गत वर्ष बैसाख २ गते सिता बानियाँका पतिको निधन भएको थियो, उनि धामी झाँक्रीको काम गर्दथे , त्यसैले त्यहाँका स्थानीयहरू भने देवता रिसाएर सो काम गरेको भनि धुप धुमार गरिरहे पनि ढुंगा बर्साउने क्रम भने रोकिएको छैन |

घरकी जेठी बुहारी नानिमाया बानियाँका अनुसार शनिबार साँझ एक्कासी घरको जस्ताको छानोमा केही खसेको आवाज आएको थियो । हेर्दा ढुंगा रहेछ । त्यसपछि लगातार आवाज आइरह्यो र ढुंगा खसिरहे । साँझ ६ बजेतिर सुरु भएको ढुंगा खस्ने क्रम राति ११ बजेसम्म चल्यो । त्यतिबेलासम्म सारा गाउँलेहरु घर वरपर जम्मा भइसकेका थिए ।

सुरुमा कसैले तर्साउन गुलेलीले हानेको अनुमान परिवार र गाउँलेले गरेका थिए । एकोहोरो ढुंगा वर्षिएपछि गाउँलेले वरपर व्यापक ‘सर्च’ गरे । तर, केही भेटिएन । राति ११ बजेसम्म ढुंगा झर्ने क्रम नरोकिएपछि सबैजना आ-आफ्ना घरमा गएर सुते । भोलिपल्ट पनि यही क्रम चल्यो । अहिले गाउँलेहरु ठान्छन्, यो मानिसले गरेको हुँदै होइन ।

‘अहिले त घरभित्रैका सामान पनि खस्न थालेका छन् । हामीले खाटमुनी राखेको साबुनको डल्लो पनि खस्यो । धारामा राखेको गिलास पनि खस्यो,’ बानियाँले भनिन् ।

सीताका तीन घर आसपासमा छन् । जसमध्ये बीचको घर मूल घर हो, जहाँ ढुंगा खसिरहेको छ । भूकम्पले क्षति भएपछि यो घरको माथिल्लो तला भत्काएर एक तल्ले बनाएर टिनको छानो हालिएको हो । त्राशले गर्दा परिवारका सदस्य अन्य दुई घरमा सुत्न थालेका छन् । यद्यपि, अहिलेसम्म मानिसलाई एकपटक पनि ढुंगाले लागेको छैन । अहिले पनि  त्यहाँ स्थानीयको भिड लागिरहेको छ |

प्रतिक्रिया