पारसको क्यारिकेचर गरेका भरतमणि फाइनलमा प्रवेश

पारसको क्यारिकेचर गरेका भरतमणि फाइनलमा प्रवेश


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १३ भाद्र २०७८
  • 5.2K
    Shares

चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन’ का प्रतिस्पर्धी भरतमणि पौडेल फाइनलमा प्रवेश गरेका छन् । पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेका पाैडेलले जज मात्र हैन, दर्शककाे मन समेत जिते । शनिबार रातिकाे शेा मा उनी पारश शाहकाे गेटअपमा देखिएका थिए ।

सनिबारको सो भन्दा अगाडि उनले गरेको चर्चित नेता गोकुल बास्कोटाको क्यारिकेचर सामाजिक संजालमा भाइरल भएको थियो ।
पारशकाे क्यारिकेचरका क्रममा उनले पारशकै बाेली, हाउभाउ गरेका थिए भने पारसको स्वाभाव र बानीबेहोराप्रति व्यंग्यात्मक प्रस्तुति दिए । साथै वर्तमान राजनीतिक परिस्थितिप्रति उनकाे कटु व्यङ्ग्य दर्शकले मज्जाले पचाए ।

शनिबारकाे शाेअघि नै पाैडेलले प्रमाे निकै चर्चित भइसकेकाे थियाे । उनको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो भने युटुबमा सृषस्थानमा उक्लिएको थियो । सनिबार राति भने अन्तिम ४ को प्रतिस्पर्धाबाट उनको प्रस्तुती उत्कृष्ट ठहर गर्दै जजहरुले सीधै फाइनलमा प्रवेश गराएका हुन् । बाँकी रहेका तीन प्रतिस्पर्धीबाट अब दुई जना छनोट गरेर फिनाले हुने बताइएकाे छ ।

भरतमणिका लागि पूर्व पर्यटन तथा नेता मन्त्रि योगेस भट्टराईले समेत भोटको अपिल गरेका छन् ।

प्रतिक्रिया