लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीतको शब्दलहर हो ‘चरी जेलैमा” । हालसालै उनको स्वरमा ‘चरी जेलैमा’बोलको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । यस गीतले यतिबेला चर्चा पाईरहेको छ ।
‘पुतलीको भट्टी’ भाग १७ का रुपमा ल्याइएको गीतले यतिबेला टिकटकदेखि सामाजिक संजालसम्म चर्चा बटुलिरहेको छ । म्युजिक भिडियोसहित सार्वजनिक गीतमा सुन्दरमणी अधिकारीको शब्द-संगीत, विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ ।
सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ ।
सुन्दरमणीकै निर्माण, निर्देशन रहेको गीतको भिडियोमा शिव बि.कको कोरियोग्राफी छ । तीजको अवसर पारेर जथाभावी गीत सार्वजनिक भएको समयमा यो गीत मौलिक रहेको छ ।
विवाहित चेलिको वेदना प्रस्तुत गरिएको गीतमा खराव श्रीमानका कारण चेलिले पर्दा चेलिले पाउने पीडाहरुलाई गीतमा व्यक्त गरिएको छ ।
युट्युबमा १८ अगष्टमा सार्वजनिक गीतले ६ दिनमा २९ लाख भन्दा बढी दर्शन पाएको छ । सुजन शाहीको सम्पादन रहेको भिडियो शम्भु चालिसेले छायाँकन गरेका हुन् ।