सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० साउन २०७८
  • 4.5K
    Shares

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट भएको छ। कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्कासनमा ल्याएको सेयर शनिबार बाँडफाँट गरेको हो। साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ विक्री खुला गरेको थियो।

कम्पनीको आइपीओ मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले सेयर वितरण भएको हो । जसअनुसार ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत् १० कित्ताको दरले सेयर पाएका छन् भने साढे १७ लाख  ६८ हजार १२२ जनाको हात खाली भएको छ।

सानिमाको आइपिओमा २४ लाख १९ हजार ८४८ जनाको आवेदन परेको थियो। त्यसमध्ये २३ लाख ८ हजार १२२ योग्य आवेदन परेको थियो भने एक लाख ११ हजार ७२६ जनाको आवेदन रद्द भएका छन्।

२०७४ मंसिरबाट यो कम्पनीले कारोबार सुरू गर्दै आएको छ । चैत मसान्तसम्म कम्पनीले ९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो अवधिसम्म खुद १ अर्ब ४४ करोड बीमा शुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया