कोरोना संक्रमणकाकारण कास्की जिल्लामा २४ घन्टामा चार जनाको निधन, एकसय ६८ जना नयाँ संक्रमित थपिए

कोरोना संक्रमणकाकारण कास्की जिल्लामा २४ घन्टामा चार जनाको निधन, एकसय ६८ जना नयाँ संक्रमित थपिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ साउन २०७८
  • 5.5K
    Shares

कोरोनाले तीन जनाको मृत्यु

गण्डकी प्रदेशको राजधानी पोखरा रहेको कास्की जिल्लामा कोरोना भाइरस संक्रमण बढेको देखिएको छ।  यसैक्रममा कास्की जिल्लामा कोरोना संक्रमणबाट चार जनाको  निधन भएको छ भने थप एकसय ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

कास्की जिल्लामा पछिल्लो २४ घन्टामा ८५ महिला र ८३ पुरुषसहित थप एकसय ६८ जना नयाँ कोरोना संक्रमित थपिँदा कास्की जिल्लामामा मात्र थप चार जनाले कोरोना संक्रमणकारण निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, कास्की जिल्लाको रुपा गाउपालिक वडा नम्बर ४ की ६४ वर्षीया महिलाको कोरोना संक्रमणकाकारण निधन भएको छ भने पोखरा महानगरपालिकाको वडा नम्बर ३३, १७ र ८ मा पनि एक-एक जनाको कोरोना संक्रमणले निधन भएको बताइएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, कोरोना संक्रमित भई पोखरा र बाग्लुङका विभिन्न अस्पतालमा उपचाररत सातजनाको उपचारकै क्रममा मृत्यु भएको छ । नवलपुरमा अस्पताल लैजाँदै गर्दा मृत्यु भएका एकजनासहित गण्डकी प्रदेशका थप आठ जना संक्रमितकाे मृत्यु भएकाे आज पुष्टि भएकाे छ ।

कोरोना संक्रमण पुष्टि भई पोखराको मेडिप्लस अस्पताल, पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज, फेवासिटी अस्पताल, संक्रामक तथा सरुवा राेग अस्पताल र धाैलागिरी अस्पताल बाग्लुङमा उपचाररत चार पुरुष र तीन महिलाको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालायले जानकारी दिएको छ । त्यसैगरी नवलपुरमा अस्पताल लैजाँदै गर्दा एकजना महिलाकाे मृत्यु हाे ।

निर्देशनालायका अनुसार मृत्यु हुनेहरुमा कास्की जिल्लाका ४ जना, बाग्लुङ जिल्लाका १ जना, स्याङ्जा जिल्लाका २ जना र नवलपुर जिल्लाका १ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ७४ पुगेको छ ।

प्रतिक्रिया