तलब नदिएको भन्दै नागरिक दैनिकका पत्रकारहरुले धर्ना शुरु गरे, कार्यालयमा तालाबन्दी गर्ने चेतावनी

तलब नदिएको भन्दै नागरिक दैनिकका पत्रकारहरुले धर्ना शुरु गरे, कार्यालयमा तालाबन्दी गर्ने चेतावनी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ साउन २०७८
  • 9.9K
    Shares

तीन वर्षदेखि तलब नपाएको भन्दै मोफसलमा रहेर काम गर्दै आएका पत्रकारहरुले नागरिक दैनिकमा बुधबारदेखि धर्ना शुरु गरेका छन्।

नेपाल रिपव्लिक मिडिया प्रालिद्वारा संचालित नागरिक दैनिकको मुख्यालय प्रांगणमा बुधबार दिउँसोदेखि  पारिश्रमिक नपाएको भन्दै मोफसलका पत्रकारहरुले धर्ना दिएका हुन् ।

नागरिक दैनिकका सर्लाही संवाददाता टंक क्षेत्री, पाँचथर संवाददाता गिरीराज बास्कोटा, सिन्धुली संवाददाता अनिल भण्डारी, महोत्तरी संवाददाता महेशकुमार दास, तनहुँ संवाददाता श्रीहरि पौडेललगायत पनि धर्नामा बसेका छन् ।  उनीहरुको धर्नाप्रती नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी, पूर्वसचिव रामप्रसाद दाहाल, प्रेस युनियनका महासचिव अजय सिवाकोटी धर्ना कार्यक्रममा पुगेर एैक्यवद्धता जनाएका थिए।

एकसाता अघि मात्र युनियनमार्फत उनीहरुले प्रधान सम्पादक र व्यवस्थापनलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्रमा कुनै सुनवाई नभएपछि बाध्य भएर धर्नामा बस्नुपरेको पीडित पत्रकारहरुले बताएका छन।

उनीहरुले आफ्नो धर्ना कार्यक्रमलाई बेवास्ता गरिएमा कार्यालयमा तालाबन्दीसम्म गर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया