स्वास्थ्यमन्त्रीको क्वाटरमा ड्रोन क्यामेरा खस्यो

स्वास्थ्यमन्त्रीको क्वाटरमा ड्रोन क्यामेरा खस्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ चैत्र २०७२
  • 12.1K
    Shares

स्वास्थ्यमन्त्री रामजनम चौधरीको पुल्चोकस्थित क्वाटर अगाडि ड्रोन क्यामेरा खसेको छ । मंगलबार साँझ करिव ६ बजेतिर मन्त्री क्वाटर अगाडि ड्रोन क्यामेरा खसेको हो । उड्दै आएको ड्रोन क्यामेरा रुखमा ठोक्किएर खसेको थियो ।

अहिले उक्त ड्रोन क्यामेरालाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ र अनुसन्धान सुरु गरेको छ । मन्त्री क्वाटरको तस्वीर र भिडियो खिच्न ड्रोन क्यामेरा उडाएको हुन सक्ने आशंका गरिएको छ ।

घटनाबारे थाहा पाएपछि गृहमन्त्री शक्ति बस्नेत आफैं स्वास्थ्यमन्त्री चौधरीको क्वाटरमा पुगेका थिए ।

अनुमति विना ड्रोन क्यामेरा उडाउन पाइँदैन । यसअघि नेपाली सेनाको मुख्यालयमा ड्रोन क्यामेरा उडाएको आरोपमा दुई चिनियाँ पत्रकार पक्राउ परेका थिए ।

प्रतिक्रिया