गण्डकी प्रदेशका ११ जिल्लामध्ये तनहुँ जिल्लामा मात्र पछिल्लो २४ घन्टामा दुइजनाको को’रोना संक्र’मणबाट नि’धन भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार, तनहुँका दुई जनाको पोखराका अस्पतालहरुमा उपचारका क्रममा नि’धन भएको छ।
गएको असार ५ गते को’रोना संक्र’मण पु’ष्टि भएपछी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत तनहुँको ब्यास नगरपालिका वडा नम्बर १२ का ५० वर्षी’य पुरुषको सोही अस्पतालमा उपचारकै क्रममा नि’धन भएको प्राप्त जानकारीमा उल्लेख छ। त्यस्तै असर १६ गते को’रोना संक्र’मण पु’ष्टि भएपछी पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ का ६८ वर्षी’य पुरुषको पनि उपचारकै क्रममा सोही अस्पतालमा नि’धन भएको निर्देशनालयले एक प्रेस बिज्ञ’प्ति जारी गरी जानकारी दिएको छ। यो संगै गण्डकी प्रदेशमा हालसम्म को’रोना संक्र’मणबाट नि’धन हुनेको संख्या नौसय ५८ पुगेको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार, पछिल्लो २४ घन्टामा मनाङ्ग जिल्लामा कुनै को’रोना संक्र’मित देखिएनन्। गण्डकी प्रदेशका ११ जिल्ला मध्ये कास्की जिल्लामा सबैभन्दा बढी ९८ पुरुष र ९६ महिलासहित एकसय ९४ जनामा को’रोना संक्र’मण देखिएको छ। त्यसपछि तनहुँका थप ४४ जनामा को’रोना संक्र’मण देखिएको प्राप्त समाचारमा जनाइएको छ।