अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित गरिएको छ ।
बन्द प्रशिक्षणमा सहभागी हुने भनिएका २० जना खेलाडी र अफिसियलहरुमा कोरोना संक्रमण पुष्टि भएपछी न्फाले बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित गरेको हो ।
यसैकारण आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण एक साता पछिलाई सारिएको एन्फाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।
प्राप्त समाचार अनुसार, साफ च्याम्पियनका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा ५० खेलाडी बोलाएका छन् । प्रशिक्षण शुरु हुनु अघि खेलाडी र अफिसियलहरुमा कोरोना संक्रमण भए नभएको भन्ने बारे पत्ता लगाउन स्वाब परीक्षण गरिएकोमा २० जनालाई कोरोना संक्रमण देखिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए। राईले संक्रमण देखिएकाहरुमा पुन: कोरोना परीक्षण गरिएको र बिहीबार नै रिपोर्ट आउने पनि बताए ।
कोरोना संक्रमण देखिएकाहरु अहिले आइसोलेसन र होम आइसोलेसनमा छन् ।