जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रद्वारा चार जना कर्मचारी बर्खास्त

जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रद्वारा चार जना कर्मचारी बर्खास्त


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ असार २०७८
  • 5.7K
    Shares

तनहुँको दुलेगौंडामा रहेको जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र

तनहुँको दुलेगौंडास्थित  जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले अस्पताल परिसरमै सेवाग्राहीसंग चर्को शुल्क असुलेर पिसीआर परिक्षण गराउने चार जना कर्मचारीलाई बर्खास्त गरेको छ ।

अस्पतालले फार्मैसिष्ट सुधन पन्त, ल्याब टेक्निसियन आनन्दप्रसाद ढुंगाना, रेडियोग्राफर विधान तिमिल्सिना र सुरक्षागार्ड मदन श्रेष्ठलाई बर्खास्त गरेको हो ।

उनीहरुविरुद्ध पोखराको निजी ल्याबसंगको सहकार्यमा अस्पताल परिसरमै सेवाग्राहीसंग चर्को शुल्क असुलेर पिसीआर परिक्षण गराउने र निजी फार्मेसीमा औषधी खरिद गर्न बाध्य पार्ने गरेको आरोप लगाएको छ।

उनीहरुलाई सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीसहितको टोलीले सेवाग्रहीसंग चर्को मूल्य लिएर पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिरहेको अवस्थामा फेला पारि कारबाहीका लागि अस्पताल प्रशासनलाई बुझाएको थियो।

उनीहरुसंग अस्पताल प्रशासासनले पहिलो पटक २ दिने र दोस्रो पटक २४ घण्टे समय तोकेर स्पष्टिकरण मागेको थियो । उनीहरुले दुवै पटक दिएको स्पष्टीकरणले प्रशासन सन्तुष्ट नभएपछि १७ जेठमा निलम्बन गरी छानविन थालिएकोमा सोमबार बर्खास्त भएका हुन् ।

छानविनमा अस्पतालको नियम विपरित कार्य गरेकाले करार सम्झौता भंग गरी बर्खास्त गरेको अस्पतालको निमित्त कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार निलम्वन भएको मितीदेखी नै तबल सुविधा नपाउने गरी बर्खास्त गरिएको हो ।

बर्खास्त कर्मचारीको करार अवधी यही असार मसान्तमा सकिदैथ्यो । समुदायस्तरबाट सञ्चालित सेतीगंगा सामुदायिक अस्पताललाई २०६७ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुदा नेपाली राजनितीका शिखर पुरुष पुर्वप्रधानमन्त्री स्वर्गिय गिरीजाप्रसाद कोईरालाको स्मृतीमा जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बनाउने निर्णय गरिएको थियो ।

प्रतिक्रिया